
डाली को फुल झरेर गयो
माली को मायाँ मारेर गयो
हेर्दा हेर्दै बैगुनी ले आज
बास अन्तै सरेर गयो
मेटाउन खोज्दा खोज्दै दुरी
उस्ले भने आँखा तरेर गयो
उस्कै बिम्ब छाउने आँखामा
टिल पिल आँशु भरेर गयो
पोको परि दिया चोखो मायाँ
उपहास गरि भुइँ छरेर गयो

जिउन खोज्छु तर शास छैन !
यो जिबनमा किन उल्लास छैन!!
भोक भोकै छ पापी पेट आज !
हात मुख जोड्नलाई गास छैन !!
दिन त जान्छ भौतारिदै बरु !
रात काट्नलाई बस छैन!!
राप र तापले जल्छ मन !
मन सिताउने बतास छैन !!
मायाँ ठुलो भन्छन जिबन मा!
तर पनि मलाई आभास छैन!!
स्वार्थी दुनियाँ यो उस्तै तिमि !
अब कसैको मलाई आस छैन!!
जिउन खोज्छु तर शास छैन !!!

सिसा त हो यो मुटु !
फुटे फुट्छ फुट्छ देऊ !!
साहीत्य त हो माया !
जती जुट्छ जुट्छ देऊ!!
सुमुद्र त हो वीस्वास!
जती बढ्छ बढ्न देऊ!!
सघर्ष त हो घात !
जती गरछन् गर्न देऊ !!
गुलाब त हो जीबन !
जती फुल्छ फुल्न देऊ !!
प्रेंम त हो सहारा !
जती दिन्छन त्यती देऊ !!
अशु कल्पित
बुटवल
वाहिर पानी परिरह्यो, भित्र मुटु जलिरह्यो
पटक–पटक यो भाग्यले, मलाई नै छलिरह्यो
एकान्तमा रोई–रोई, सहिदिन्थे चोट पिडा
यसरी नै मेरा दिन, काला रातमा ढलिरह्यो
यसपाली त मलाई हजुर, समयले धरि छोड्यो
म भित्र छ अन्धकार, वाहिर त दियो जलिरह्यो
आफ्नै गतिमा वहिरह्यो, पवन यो कसले रोक्ने
वर्षौदेखि यहाँ अनेक, कष्टकर रिती चलिरह्यो
झिनो आसाको लहरामा, झुन्डिएको यो जिन्दगी विस्तृतमा पढ्नुस् »
दोबाटो मा भेटे पनि मायाँ भनी बोल्ने छैन
बास माग्न आए पनि मन को ढोका खोल्ने छैन
गए पछी मन को बत्ती सधैं लाई निभाए र
तिम्रो नाम मा कैले पनि दीयो बाल्ने छैन
मुटु चुँडी लगेपनि हाँसेर नै बाँची दिन्छु
तिमी लाई सम्झी जिन्दगी मा आँसु झार्ने छैन
म हिँड्ने बाटो भरी काँडै काँडा रोपि दियौ
सहि दिँउँला चोट बरु तिम्रो आगन छेउ हिंड्ने छैन
चोट दीइ मूटु मेरो छिया छिया पारे पनि विस्तृतमा पढ्नुस् »
गजल
रंगिन यो रात भरि, तिमी र म हुन पाए, कस्तो हुन्थ्यो होला
माया गर्दै रंग भर्दै, अंग अंग छुन पाए, कस्तो हुन्थ्यो होला
आफू लाई चाँदि छैन, कसैलाई सुनै सुन, पनि हुदो रै'छ
त्यसै गरि मैले पनि, चाँदि खोज्दा सुन पाए, कस्तो हुन्थ्यो होला
प्रकृति को रित यस्तै, दिन अनि रात जस्तै, जुन पनि त्यस्तै
सधैं भरि उज्यालो त्यो, पुर्णिमाको जुन पाए, कस्तो हुन्थ्यो होला विस्तृतमा पढ्नुस् »

सधै तड्पाईमै पिए तिमि !
सधै यसै गरि जिए तिमि !!
हाँसो मा हाँसो थपी दिउला !
दुनियाँ को घृणा लिए तिमि !!
आझै छिया पर्छु त्यो मुटु !
कसै फाटेको मन सिए तिमि !!
रमाउने थियो मन कति !
बदनामी भै चिनिए तिमि !!
झनै कति खुसि हुन्थे म !
असैया पीडाले मुर्छिए तिमि !!
सधै यसै गरि जिए तिमि !!!

देउता भाकी खाको कसम,तोडे पनि तोड सानु !
जिन्दगीको बाटो अन्तै, मोडे पनि मोड सानु !
अप्ठ्यारोमा साथ मागी लामो बाटो काटीहाल्यौ,
घुम्तीनिर पुगी हात, छोडे पनि छोड सानु !
हरसाँझ अर्कै बेग्लै अंगालोको प्यासी तिमी,
santosh छाडी अरु कोही, जोडे पनि जोड सानु !
परदेशमा मेरो जीवन संघर्षमा लडिरहदै,
गाँउमा तिमले रातो घूम्टो,ओढे पनि ओढ सानु !!

गाउँ घरमा तिम्रो चर्चा फेरी कसले चलाई दियो !
पुरानो त्यो मन्दिरमा दियो कसले जलाई दियो !!
पिरतीको चौतारी मा तिमि बर म पिपल भै !
बस्न नपाई आंदी चल्यो चौतारी नै ढलाई दियो !!
बल्ल बल्ल भुलेको थे अतित का पलहरु !
धेरै पछी भेटे पछी तिम्रो आशा पलाई दियो !!
रुदा रुदै बतास संगै बतारिदै कता कता !
हाड मासु को सरिर हेर नुन पानीले गलाई दियो !! विस्तृतमा पढ्नुस् »

तिम्रो मन्को भित्री कुरा जाने भने मान्छौ कि त !
एक्ली रैछौ साथ दिन ताने भने मान्छौ कि त !
तानी चुमी भाग्छ भनी डराएछौ भित्र भित्रै
तर हैन त्यही आफ्नो ठाने भने मान्छौ कि त !
औकात् भन्दा धेरै बोल्न जान्दिन म अरु सामु
आउ झुण्ड पाखुरीमा धाने भने मान्छौ कि त !
भित्री कुरा बुझी मैले यात्रा तय गर्ने बेला
सृष्ट्रि कै त्यो फूल सम्झी छाने भने मान्छौ कि त !
प्रतिकृयाहरु
2 hours 55 min ago
3 hours 7 min ago
3 hours 7 min ago
3 hours 7 min ago
3 hours 7 min ago
3 hours 7 min ago
3 hours 7 min ago
3 hours 7 min ago
3 hours 7 min ago
3 hours 7 min ago