Archive - 2009

मिति
  • All
  • Jan
  • Feb
  • Mar
  • Apr
  • May
  • Jun
  • Jul
  • Aug
  • Sep
  • Oct
  • Nov
  • Dec

December 28th

28
Dec

खाडीको वेदना

अङ्गना देशकी गहना दास हुन नआऊ
खाडीका अजनबीसंग बास हुन नआऊ

अतेरी अगम्य पार्छन अघासुर मानवहरु
अखण्ड स्वभाव तिम्रो नास हुन नआऊ

बन अगीसरा आफ्नै देशमा छ स्वतन्त्र
पिल्सिन्छ यौवना तिम्रो लास हुन नआऊ

लागेर दामको पछी जीवन बर्वाद हुन्छ
आकुल वंशको तिमी गास हुन नआऊ

गहकिला सुकिला फेशनको लोभमापरी
खराब यो मरुभूमिको आस हुन नआऊ

मनसुन
www.manojkafle.wordpress.com

28
Dec

तलतिर बगाएथ्यौ

चिटिक्क परि आएथ्यौ,निलो ब्लाउज निलै सारी लगाएथ्यौ
टाढैबाट चिने तिमिलाई,झलल जग-मगाएथ्यौ

रातो गुलाव समाएथ्यौ,तिमि त्यसै त्यसै रमाएथ्यौ
जब मेरो छेऊ आएथ्यौ, सुगन्ध उसै मग-मगाएथ्यौ विस्तृतमा पढ्नुस् »

December 27th

27
Dec

मेरो देश

अजब हुन खोज्दैछ मेरो देश
अताली रुन खोज्दैछ मेरो देश

फैलियो पापै पाप यहाँ निरन्तर
पुण्य धुन खोज्दैछ मेरो देश

जन्मिदै दुस्कर्म को पाठ पढी
अखडा छुन खोज्दैछ मेरो देश

हरेक मान्छे आफ्नै स्वार्थमा
हिरा र सुन खोज्दैछ मेरो देश

पेटकै लागि भाइ भाइ मारी
घरमै खुन खोज्दैछ मेरो देश

मनसुन

December 24th

24
Dec

आफैलाई मैले मराएथे।

तिमिले मन दियौ,मैले पनि मन पराएथे
तिमिले देखाएको प्रेमालापमा बेहोसभै हराएथे

प्रेमलोकको हजारतले धरहरामाथी चढाइदियौ
न लिफ्ट् थियो न भर्‍याङ्ग,त्यसैले म डराएथे

माथीतला बार्दलीमा लगी घचाटेर झारीदियौ विस्तृतमा पढ्नुस् »

December 22nd

22
Dec

अझै च्वाक भाकी छौ रे

राष्टवादी गीत लेख्थऔ मुगलान गाकी (गएकी)छौ रे
बान्की मिल्या शरीर थियो अझै च्वाक(राम्री)भाकी छौ रे

गुन्द्रुक ढिडो बिर्सेउ अरे बर्गर पिजा खाकी(खाएकी)छौ रे
आफ्नो पोशाक प्यारो भन्थेउ मिनी स्कर्ट लाकी(लाएकी)छौ रे

दुई मुटु एउटै भन्थेउ तेस्रो मुटु पाकी (पाएकी) छौ रे
भयालेन्टाइन डे मनाउन कुन्नी कसलाई डाकी(डाकेकी)छौ रे

आफ्नो धर्ती स्वर्ग भन्थेउ गाँठवाला ताँकी छौ रे विस्तृतमा पढ्नुस् »

December 19th

19
Dec

"म पनि पिउँदैछु मित्र"

सबैले पिउँदा हुने के हुन्छ म पनि पिउँदैछु मित्र
अरु मधु प्यालामा जिउँदा म पनि जिउँदैछु मित्र

सुरु गरे मैले पनि आजै देखि ठाडो घाँटी लाउँन
पापी व्याधाले हानेर लागेको बाण सीँउँदैछु मित्र

पिउँन नपाउदा जिउहात काम्ने रोगले छोई सको
कस्लाई थाहा निकोटिनले भित्रबाटै खिंउँदैछु मित्र

यताउति अल्लो भट्टी पल्लो भट्टी गल्लि चहार्दै
भट्टीको प्याला वर्षाले जाडो छलेन हिउँदैछु मित्र विस्तृतमा पढ्नुस् »

December 17th

16
Dec

"आफुले आफैलाई ढाँटेको थिएँ"

प्यारा आफूले आफूलाई ढाँटेको थिएँ
मन मन्दिरमा यो मायाँ साटेको थिएँ

युगौ देखिं गुस्मुसिएको भित्री चहाना
तिमीलाई सुटुक्क पोख्न आँटेको थिएँ

नखोलौकि मुर्दा भै सकेको मन भनि
थमाउदै जिबन चुपचाप काटेको थिएँ

जति सके हुँदो यो मन आफैले टाले
सिउनै नसक्ने जताततै फाटेको थिएँ

जिन्दगीको घुम्तीहरुमा हिड्दै जाँदा
आफ्नो सम्झेर पीरहरू बाँटेको थिएँ

आब जे हुनु भई सको छैन गुनासो विस्तृतमा पढ्नुस् »

16
Dec

अंग अंग जताततै हेर

अंग अंग जताततै हेर तिम्रै तिम्रो नाम टाँसिएको छ
श्वास श्वासमा जन्म जन्मन्तरको साईनो गाँसिएको छ

कोशिश गर्दैछु तिम्रो शहर तिम्रो बस्ती बाट टाढा हुने
त्यहि बाहानाले खुशी जति सबै दिलैबाट माँसिएको छ

सप्तसप्त जूनी सम्म तिमीलाई दिएको बाँचा कसमले
कहिल्यै बाहिर नँनिक्ली तिमीतिरै मन भाँसिएको छ

कोहो आफ्नो कोहो पराइँ चिन्नुँ कसरी अन्योलमा छु
यथर्था भूलेर सपनामा डुलेर झुँठले नाता नाँसिएको छ विस्तृतमा पढ्नुस् »

16
Dec

मायाको परेली तरेर हजुरले !!

मायाको परेली तरेर हजुरले
मनैभरी उमंग छरेर हजुरले !

टोलाएर हेरे यी मेरा नयेन
बोलाउदा सम्बोधन गरेर हजुरले !

फुलको थुंगा पहिलो भेटमा
दिनु भो बेशी झरेर हजुरले !

सासैमा कुन्निके भनेझैँ लाग्यो
मलाइ अंगालोमा भरेर हजुरले !

आँखामा आँखा जुधाउनुभो अनी
अझ करिव मेरो सरेर हजुरले !

मनसुन

16
Dec

गजलको संक्षिप्त परिचय..........

'गजल’ त्यो साहित्यिक विधा हो, जुन गायन कला सँग अती घनिष्ठ सम्बन्ध राख्दै लयवद्ध, सरल र प्रतिकात्मक रुपमा मतला,शेर,काफिया,रदिफ,मकता,तखल्लुस र बहर जस्ता तत्वहरु प्रयोग गर्दै aa, ba, ca, da, ea शैलिमा लेखिन्छ।

विस्तृतमा पढ्नुस् »