Archive - Jan 2010

मिति

January 30th

30
Jan

बिचैमा छाड्नथ्यॊ त,समाएकॊ हात किन ??

बिचैमा छाड्नथ्यॊ त,समाएकॊ हात किन ??
मायामा नसा थ्यॊ त,लगाएकॊ मात किन ??

मीठा-मीठा कुरा गर्दै,छुरा धस्यौ आज
सर्बस्व सुम्पेकै थेँ,बदलामा घात किन ??

सुखमा मात्र हैन,साथ देउ दुःखमा नि
हसिँलॊ मुखबाट,मुटु छेड्ने बात किन ??

प्रेममा फाटॊ आयॊ,अन्धकार भॊ चारैतिर
अध्याँरॊ जीबनमा,ढल्यॊ फेरि रात किन ??

छिन्यॊ प्रेमकॊ डॊरी,टुट्यॊ मेरॊ सपनाहरू
पीरले श्याममुहार थ्यॊ,दुःखकॊ खात किन ??

30
Jan

गजल

एउटा असल मालीले जसरी वगैंचामा ओइलाउदैं जान लागेको विरुवालाई राम्रो मलजल,हेरचाह गरेर पुनर्जीवन दिन्छ,त्यसरीनै तपाईंहरुको नेपाली गजल टीमले पनि नेपाली साहित्यमा गजललाई पुर्णता दिदैं एउटा दरिलो खम्वाका रुपमा स्थापित गराउने जमर्को गर्दै जुन लगनशिलता,धैर्यता र जागरुकताका साथ लागी पर्नु भएको छ,त्यसको लागि तपाईंहरुको गजल टीमलाई कोटि,कोटि प्रगतीको लागि कोटि,कोटि शुभकामनाका साथै हार्दिक धन्यवाद दिदै यो छोट विस्तृतमा पढ्नुस् »

January 27th

26
Jan

रूदाँरूदै अश्रुधारा सुक्न लागिसके

रूदाँरूदै अश्रुधारा सुक्न लागिसके ।।
मायालु बिना हृदय दुख्न लागिसके ।।

कसैकॊ पर्खाइमा बैश ढल्दै जाँदा
नानाभाँती कुराहरू फुक्न लागिसके ।।

साथीहरू सबैकॊ दम्पती देख्दा त
लाजले मेरै मूहार झुक्न लागिसके ।।

प्रतिक्षामा यॊ मन सधै कच्चा हुदाँ
चुरा झैँ मरॊ आसा चुक्न लागिसके ।।

निरास भइ श्याम मुहार हुदाँखेरी
हाँसॊखुसी आफैसंग लुक्न लागिसके ।।

January 26th

25
Jan

रिसाउँदा माया मेरी

रिसाउँदा माया मेरी,फुल छर्न मनलाग्छ मलाइ
ति मुहारमा फेरी, खुशी भर्न मनलाग्छ मलाइ ।।

गल्ती भए माफ गर,नबगाउ अनमॊल अश्रुधारा
जे भएनि तिम्रै छेउछाउमा,पर्न मनलाग्छ मलाइ।।

कहिँकतै छुटेउँ भने ,जीबन हुन्छ शीसिर ऋतु
हरीयाली ल्याउने बर्षाझैँ, झर्न मनलाग्छ मलाइ।।

नरिसाँउदा सुन्दरी थेउ,रिसाउदाँ बिछट्टै झन्।।
सम्झौताका मिठा कुरा,गर्न मनलाग्छ मलाइ ।।

खप्न नसक्दा रिसलाइ,श्यामबर्ण मुहार हुँदा विस्तृतमा पढ्नुस् »

25
Jan

बात्तैपिच्छे रिसाउने तिमी नै हौ

बात्तैपिच्छे रिसाउने तिमी नै हौ
दुःख,शुख बिसाउने तिमी नै हौ ।।

तीलसरी कुरालाइ हिमाल बनाउदैँ
हिउँझैँ मुटु चिसाउने तिमी नै हौ ।।

रिसराग मनभरी पालेर ब्यर्थैमा
घानफेर्दै पिसाउने तिमी नै हौ ।। विस्तृतमा पढ्नुस् »

25
Jan

अनायसै परेलिको भाकासंग आंखा साट्दा

अनायसै परेलिको भाकासंग आंखा साट्दा
थाहै पाइन आफैलाइ बाध्ने डोरि आंफै बाट्दा
बनायर अतित् लाइ स्वयंनासको कहानि
बेसाहारा बनि अहिले काट्दै छु यो जिन्दगानि

मनका भित्री भित्री कुरा उनिसङग खोल्दा खोल्दै विस्तृतमा पढ्नुस् »

January 25th

24
Jan

पुनर्मीलन हॊस् भनि,लाखबत्ती बालेँ मैले.....

गजलः

पुनर्मीलन हॊस् भनि,लाखबत्ती बालेँ मैले।।
पत्रहरूकै सहाराले,मायाजाल फालेँ मैले।।

मायालु बिना निरस,बैँशालु यॊ जीबनमा
बियॊगले मुटु फाट्दा,धैर्यताले टालेँ मैले।।

आखाँभरी झझल्कॊ छ,तिम्रै चन्चल मुहार
पर्खाइमा निद्रा छैन,तन-मन गालेँ मैले।।

अन्तरजातीय प्रेम बिबाद,रूडीबादि गाँउमा
कु-प्रथाकॊ दह्रॊ पर्खाल,प्रेमपुर्बक ढालेँ मैले।।

साँचॊप्रेममा सबै जायज,श्यामस्वेत बर्ण पनि विस्तृतमा पढ्नुस् »

24
Jan

बिरहले रून्छे चरी.....

गजलः

गुँडमाथी दर्कीयॊ बर्षा,बिरहले रून्छे चरी ।।
छॊप्दै बचेराहरूलाइ,भिज्छे माउ कठै बरी ।।

केहिबेर त थेग्छे,अबिरल बर्षाकॊ चुटाइ नि
असीना नै बर्षीदाँ त,रून्छन् सबै चिँचिँ गरी।। विस्तृतमा पढ्नुस् »

January 22nd

22
Jan

चॊखॊमाया साँचु भन्छु....

अन्तरजातिय प्रेमले नेपाली रूडिबादि,कुसंस्कार प्रथा र प्रचलनले ग्रसित शमाजमा समानता ल्याउन एउटा पाठ सिकाउँछ भने यस गजलले अलिकत्ति प्रेरणा दिनेछ भन्ने मैले अपेच्छा राखेर तयार पारेँ..........गजलः

मनभित्र तिम्रै चित्र,चॊखॊमाया साँचु भन्छु।।
अजम्बरि माया दिइ,संगै मरूँ बाँचु भन्छु ।।

बज्दा पिरतिकॊ धुन,दुबैले मिलाउँ सुर,ताल
समाजले जे भनेनि,हात समाइ नाँचु भन्छु ।। विस्तृतमा पढ्नुस् »

22
Jan

आँसु पुछिदिने आँट गर्ला कस्ले ?

गजल

तप-तप चुहिँदा आँसु,पुछिदिने आँट गर्ला कस्ले ?
अध्याँरॊ जीबनपथमा,मायाकॊ ज्यॊती छर्ला कस्ले ??

ढल्कि गयॊ बैँश मेरॊ,असल जीबनसाथी खॊज्दा
हित्त-चित्त सबै मिलाइ,मेरॊ दुःख-पीर हर्ला कस्ले ??

जीबनयात्रामा आँधी आइ,भुमरीमा फस्यॊ डुङ्गा
दुःखसागरबाट हात समाइ,संगसंगै तर्ला कस्ले ??

मायालुकै अभावमा यहाँ,तड्प्यॊ मेरॊ प्यासी मन
म,दुःखीलाइ अपनाइ,न्यानॊ अंगालॊमा भर्ला कस्ले ??