अनुरागी रुन्चे

24
Nov

मेरै साथी हजूरले !

बोल्दै मीठो मलाई मेरै साथी हजूरले
दियौ धोका मलाई धेरै साथी हजूरले

दिनु सम्मा दियौ पहिले चोट मलाई
अनि भन्छौ किन वरै साथी हजूरले

सुम्पि सके पछी तनमन अर्कैलाई
भन्छौ यो मुटुहो तेरै साथी हजूरले

जिन्दगीको सुख र दुःख बिसाउने
जलाईदियो मायाको डेरै साथी हजूरले

अनुरागी रुन्चे
लम्जुंग ९ बगैचा
हाल साउदी हाइल

Syndicate content