अरूण चौलागाई

9
Aug

गजल

कर्ममा ज्यूँछु सधैं, मलाई जून नमाग
अहिंसामा विश्वाश गर्छु, कसैको खून नमाग

यथार्थतामा बाँच्नु पर्छ, हामी सबै मिलिकन
खान-लाउन दिऊँला गहना-सून नमाग

सक्दिन म त सिर्जन संगीतका धूनहरू
तिमी नजिक आइकन, मलाई धून नमाग

धेरै सहयोग ग-यौ तिम्ले मेरा अप्ठ्यारामा
के दियौ भनी फिर्ता, लाएको गुन नमाग

5
Aug

गजल

तिम्रो याद आउँदाखेरि म त साह्रै टोलाएछु
सपनी मै उडी गई तिमीमा नै हराएछु

तिम्रो पत्र पढ्दा-पढ्दै म त साह्रै रोएपछि
स्मृतिमा तिम्रो अनुहार राखेर नै निदाएछु

तिम्रो समिप उडी जाने मन मेरो भएपछि
मेरो मनको रानी मैले तिमीलाई नै बनाएछु

माया गर्छु भन्दा-भन्दै,तिमीले मलाई बिर्सेपछि
मनभरि जलन बोकी,आँसु धेरै बगाएछु

किन लाग्छ मलाई,म तिम्रो मायामा परेर
आफू जल्ने चिता मैले आफैंले नै सजाएछु

3
Aug

गजल

मेरो जीवनमा तिमी नै आए हुन्थ्यो लाग्यो
सपनाको मीठो महल छाए हुन्थ्यो लाग्यो

अझै नजीक आइकन अंगालोमा कसी
मायाप्रीतको गीत सधैं गाए हुन्थ्यो लाग्यो

मनमुटुमा डेरा लिइ बसिसकेपछि
तिमीलाई अझै समिप पाए हुन्थ्यो लाग्यो

तिमिले पनि माया गर्छु भनिसकेपछि
जुगौं साथ दिन कसम खाए हुन्थ्यो लाग्यो

हाम्रो प्रीतमा भाँजो हाल्ने धेरै भएपनि
अजम्मरी बुटी तिम्ले नै ल्याए हुन्थ्यो लाग्यो

Syndicate content