अर्जुन पाण्डे “दीक्षित”

27
Jul

गजल

अस्तव्यस्त भयो देश सारा नजर विरामी छ
आन्दोलित ती युवाको सारा रहर विरामी छ

अर्थतन्त्र भयो रित्तो राष्ट्रमा जेजति थियो
लुछाचुडी गरी तान्दा सारा सहर विरामी छ

रोगशोक वढेको छ अशान्ति उस्तै देशमा
मर्छन् मान्छे निरन्तर सारा खवर विरामी छ

व्यक्तिस्वार्थ बढाएर देशमा भयो दुर्गति
मंहगीले सिमा नाध्यो सारा घर विरामी छ

कस्तो आयो जमाना पच्दैन रे देशभक्ति विस्तृतमा पढ्नुस् »

27
Jul

गजल

के माग्छौ र उ सँग ? उहि त भिकारी छ
आयो नयाँ जमाना आजभोलि सब सरकारी छ

जाउ मालपोत जाउ नगरपालिका जाउ गा.वि.स
जताततै आजभोलि भ्रष्टचारको जिम्वेवारी छ

सयौँ थुङ्गगा फुलका भन्छन हामी नेपाली
फेरिएको छैन देश नुन विनाको तरकारी छ

म मरे पनि मेरो देश बाँची रहोस भन्छन
तर त्यहि मान्छे यहि देशमा आतङकारी छ

अर्जुन पाण्डे “दीक्षित” विस्तृतमा पढ्नुस् »

Syndicate content