अशोक गौतम

19
Oct

गजल

एक दिन झुक्याउछ शहरमा नरमाउ,
जिवन लामो छ यो सफरमा नरमाउ।

दुनियां स्वार्थी छ धोका हुन्छ पक्कै हेर,
जुधेका ती पापी नजरमा नरमाउ।

आकाशको जुन पनि लुक्छ र आंउछ,
हेरेर वसी त्यो सगरमा नरमाउ।

नयनको सागरमा नडुव भन्छु म,
अचानक उठ्ने गर्छ लहरमा नरमाउ।

जति लेखे पनि साध्य छैन गजलमा,
अधुरो गजलको वहरमा नरमाउ।

२०६८/०६/३०
अशोक गौतम क्षितिज
मो.- ९७४१२२१९४४

Syndicate content