आचार्य प्रभा

29
Jan

गजल

मान्छे भन्नु श्वास मात्र फेर्नलाई होईन रैछ
समस्यालाई हल्का मानी हेर्नलाई होईन रैछ ।

दु:ख पीडा समस्या नै जीवनको प्रथम प्राप्ती
पिर भयो भनि घाँटी सेर्नलाई होईन रैछ ।

सन्तोषको छहारीले यो मनलाई बार्नु पर्छ
पीडाहरू पासो ठानी बेर्नलाई होईन रैछ ।

जति आउँन् बाधा अड्चन जिन्दगीको दोबाटोमा
सन्ताप् पिर आउँछ भनि घेर्नलाई होईन रैछ ।

हिम्मतले काम लिउँ जीवन् त्यसै सफल बन्छ विस्तृतमा पढ्नुस् »

22
Dec

गजल

हृदयले माया गरेँ तर किन ठट्टा सम्झ्यौ
मन जोडी बनाँएको घर किन ठट्टा सम्झ्यौ ।

सक्दिन म दिन अरु सुनचाँदी हिरामोती
सम्हालेर राख्ने मेरो भर किन ठट्टा सम्झ्यौ ।

हामी दुवै एकै रथका पाङ्रा बन्न सक्नु पर्छ
म बाट पाएको यो थर किन ठट्टा सम्झ्यौ ।

भाग्यमा नै पाएछौ है मेरो साथ अजम्बरी
ईश्वरले जुराएको बर किन ठट्टा सम्झ्यौ ।

जिन्दगीमा कुनै दिन घरजाम गर्नै पर्छ विस्तृतमा पढ्नुस् »

Syndicate content