के फाईदा पुग्यो तिमिलाई मेरो ह्रर्दय जलाई,
रोपेर मलाई अरुको माया मुटुमा फलाई,
सुगन्ध छायो जीवनमा तिम्रो चढेर बसन्त,
हाँसेर बाँच्यौ किनारमा एक्लै मारेर मलाई,
भत्काई गयौ मायाका कसम क्षण भरमै तिमिले,
ऊठायौ शीर तिमिले यता पलपलमा ढलाई,
मायालाई रेट्यौ खुसीलाई भेट्यौँ मलाई छलेर,
कति दिन बाच्नु साहारा बिना यो मन गलाई,
रोजेको माया खोजेको प्रितले छाडेर गएसी,
बाँच्नु छ एक्लै रोएर हरदिन जीवन चलाई,
स्वतन्त्रता खोस्दा जीवन चरि हुनुपर्छं,बाँध बनाई थुन्छन भने झरि हुनुपछ,भोग्नेलाई थाहा हुन्छ चोट जीन्दगीको,हाँसे पनि मनमा धरधरी हुनुपर्छ, जिउने आधार फरक हुन्छ तर के भयो र, एक दिन आँफै झर्या फुल सरी हुनुपर्छ,ओछ्यानमा माया जोख्ने कती देँखे कती भेटे,साँचो सत्य माया मन भरी हुनुपर्छ
प्रतिकृयाहरु
19 hours 3 min ago
1 day 3 hours ago
1 day 21 hours ago
1 day 22 hours ago
2 days 5 hours ago
2 days 23 hours ago
3 days 3 hours ago
3 days 3 hours ago
3 days 3 hours ago
3 days 6 hours ago