
माया तिमीले छोडेपछि नसोध मलाई
बाचा कसम तोडेपछि नसोध मलाई
म त त्यहीँ छु जस्ताको त्यस्तै छु
अर्को जिन्दगी ओडेपछि नसोध मलाई
मनको बिरुवा उखेलेर बास्ना सबैलगी
अन्तै रोपी गोडेपछि नसोध मलाई
हाल के बताउँ के भो भन्छन् सबैले
मुटुमा घाउ जोडेपछि नसोध मलाई
पालैपालो फुकेका भविष्यका बेलुनहरु
नसजाई कनै फोडेपछि नसोध मलाई .
लस् एन्जेलस्

पिउँदिन भन्दा भन्दै अलिकति पिलाई दियौ
थपुँ थपुँ लाग्ने गरी यस्मा यो के मिलाई दियौ
अब दु:खेन यो छाती दु:खेन चित्तको घाउ नै
कस्तो नशा हो जादुको यो हृदय सिलाई दियौ
चाँद पनि हाँसे जस्तो तारा सबै नै नाचे जस्तो
मधुरो मैन बत्तीमा अति मजा दिलाई दियौ
छामुँ छामुँ लागी रह्यो खुशीहरु भेटिए जस्तो
सुस्त छुँदा औँला भित्रै स्पर्शमा बिलाई दियौ
लस् एन्जेलस्

रमाएथ्यौं जब लाग्याथ्यो जुवातासमा डढेलो
छुवाछुत जातपात जाली बद्मासमा डढेलो
खै क्षणिक खुशी कतिन्जेललाइ हुन्थ्यो र
छड्के हानी सल्कियो मिठो आशमा डढेलो
झिल्को रांको हुँदै जल्दै हुर्हुर अबुई कस्तरी
मेरो गाउँ तेरो गाउँ सप्पैको वासमा डढेलो
नबोल्दा सुख छैन बोल्यो की पोल्यो हजूर
धड्कन् देखी सल्किदै फेर्ने सासमा डढेलो
बांचुन्जेल कसैको बरखी कसैको समवेदना विस्तृतमा पढ्नुस् »

नजर के जुधेथ्यो चाँदनि छरियो जिवनमा
प्यासी घडा अमृत जलले भरियो जिवनमा
कति भएथ्यो नदेखेको खोज्दै खोज्दै हिँडेको
हजारौँ आशाका खोला तरियो जिवनमा
लुकामारी खेल्दै कहिले उ माथि बादलमा
कहिले तल समुद्रमा झरियो जिवनमा
सोचेकै थिएन आज एक्लै मुस्काई रहेछु
एकटकले हेरियो छक्क परियो जिवनमा
जता जता जान्छौँ तिम्रो रोशनि साथै
पछि पछि लाग्ने अठोट गरियो जिवनमा
लस् एन्जेलस्
प्रतिकृयाहरु
19 hours 4 min ago
1 day 3 hours ago
1 day 21 hours ago
1 day 22 hours ago
2 days 5 hours ago
2 days 23 hours ago
3 days 3 hours ago
3 days 3 hours ago
3 days 3 hours ago
3 days 6 hours ago