उमेश चौंलागाई

1
Sep

तिमी पारी पुगे पछि

यता एक्लै भए म त, तिमी पारि पुगेपछि
तर्न मैले सकिन है, जंघार माथी उठेपछि

धोका दिई चल्यौ तिमी, जान्छौ कता थाहा छैन
कता गई कस्लाई भनौ, ह्दयलाई चुटेपछि

विना बादल बर्षा होला, कल्पनामै थियन है
सपनाको के आशा हुन्छ , विपनामै लुटेपछि

विश्वासमा घात गर्यौे, साथ दिदा दिदै पनि
भुल्दैछु म तिम्लाई अव, सम्झिउ किन छुटे पछि

कसम त खाथ्यौ तिम्ले संगै बाच्ने संगै मर्ने विस्तृतमा पढ्नुस् »

31
Aug

जीउन चाहन्छु

हांसोलाई जीवनको अंश ठान्दै जीउन चाहन्छु
रोदनलाई जीवनको बंश मान्दै जीउन चाहन्छु

आखिर जीवन पोखरी रैछ सुख दुख तैरीने
दुख पियर आफ्नो भागमा जीउन चाहन्छु

धुपमा चौतारी खोजीन बर्षातमा ओत रोजीन
जीवन भोगाई रहेछ वास्तविकतामा जीउन चाहन्छु

विश्वास छ कर्ममा फलको आशा गर्दिन
जीवन परिश्रम रहेछ श्रममा जीउन चाहन्छु

भाग्यलाई डाकदिन सत्यलाई ढाकदिन
जीवन यर्थाथ रहेछ बर्तमानमा जीउन चाहन्छु

Syndicate content