गजल २
माया लाएँ गजललाई भूल भए माफ दिनु
मैले त्यागें महललाई भूल भए माफ दिनु
कस्ले को चिन्न सक्ला, आँखा चिम्लेर रातमा
मैले चिनें असललाई भूल भए माफ दिनु
सम्हाल्न सक्छौं मलाई अशिनाले भन्थ्यो
मुठ्ठीमै लिएँ बादललाई भूल भए माफ दिनु
जब मन कठोर थियो सवै पराई थिए
हात जोडें कमललाई भूल भए माफ दिनु
सुन्दैन विन्ति मुर्तिले मन्दिर के धाउनु ?
मैले पूजें पागललाई भूल भए माफ दिनु विस्तृतमा पढ्नुस् »
गजल १
वरि – परि छरिएका लाशहरु गन्दैछु म
आफ्नै आगन भित्र आज शरणार्थी बन्दैछु म
दिन दिनै मलामी भै आँफैलाई बोकीहिड्छु
थाकीसकें तर पनि चिहान अर्को खन्दैछु म
मृत्यु पनि रुप फेरी मान्छे जस्तै बनेको छ,
मान्छे लाई मान्छे संग चालेर निफन्दैछु म
स्वतन्त्रता कैद भई अभिव्यक्ति बन्दी हुँदा
गोली खाँदै भन्नु पर्ने, हजुर आनन्दैछु म
विहानी को झिसमिसेमा भाले बास्न नपाएनि विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
19 hours 5 min ago
1 day 3 hours ago
1 day 21 hours ago
1 day 22 hours ago
2 days 5 hours ago
2 days 23 hours ago
3 days 3 hours ago
3 days 3 hours ago
3 days 3 hours ago
3 days 6 hours ago