कमल प्रसाद न्यौपाने

22
Aug

गजल

सक्छौ !आफ्नै पहिचान बनाएर देखाउ
चोरी गर्दा नि इमान बनाएर देखाउ

कति पाएँ कति दिएँ राख्नलाई हिसाब
जीवन सत्यको बिमान बनाएर देखाउ

कसले देखेको छ र भरे भोलि के हुन्छ
बेला गोड्ने त्यो किसान बनाएर देखाऊ

बगैंचाको फूल हेर तिम्रै लागि फुल्दैछ
उसलाई शीतको बिहान बनाएर देखाउ

तिमी मात्र कहाँ हो र सबै रित्तै जाने हो
आफ्नै चिता र चिहान बनाएर देखाउ

कमल प्रसाद न्यौपाने विस्तृतमा पढ्नुस् »

Syndicate content