कृष्ण के श्रेष्ठ

2
Oct

गजल

पैसा भए कालो बोको, ढाल्ने थिएँ यो दसैमा
झुपडीको छानो पनि, टाल्ने थिएँ यो दसैमा

कति कुट्नु गिट्टी मात्रै, खोलाको त्यो किनारामा
सुन खोज्दै बालुवा पो, चाल्ने थिएँ यो दसैमा

जीन्दगीको यात्रा मेरो, गरिबीमै बिती सक्यो
लेख्या भए नयाँ जीवन, थाल्ने थिएँ यो दसैमा

रोइराछन् लालाबाला, खान केहि नपाएर
भिखै मागी जसोतसो, पाल्ने थिएँ यो दसैमा

एकसरो नयाँ लुगा, किनिदिए आमा बाले विस्तृतमा पढ्नुस् »

Syndicate content