गोविन्द प्रसाद न्यौपाने

15
Jun

साँचो कुरा गर्ने मान्छे

साँचो कुरा गर्ने मान्छे जाली हुन्छा यहाँ,
फटाहा मान्छे फुलको डाली हुन्छा यहाँ ।

पराइको सेवा र भलो गर्न चाहने,
मानिसकै पेट खाली हुन्छा यहाँ ।

नराम्रो नगर सज्जन भन्ने,
अर्ति र उपदेश गाली हुन्छा यहाँ ।

फुलको कोपिलाहरू देखिनसहने,
मान्छे नै बगैंचाको माली हुन्छा यहाँ ।

केहि काम नगरेर कुरा मात्रै गर्ने,
मान्छेकै हाली-मुहाली हुन्छा यहाँ ।

Syndicate content