गौरब श्रेष्ठ (मनकुरा)

8
Jun

जुन छैन आकाशमा लाग्छ अब कुनै तारा छैन

Gaurab Shrestha's picture

जुन छैन आकाशमा लाग्छ अब कुनै तारा छैन
बसन्तको हरियाली सयपत्री मखमली सारा छैन

नदेखेर होला तीमीलाई आउदा जादा गोरेटोमा
पानी भर्ने पधेरो र चौतारि को धारा छैन

लालुपाते डाडै ढाक्यो मेरा ओठमा हाँसो आएन
बग्दा मेरा अश्रू धारा अब अर्को कुनै रारा छैन

गाँउ शुन्य ठाँउ शुन्य तीमी बिना मेरो नाउ शुन्य
पराजीत यो कथा मील्ने फेरि अर्को खारा छैन

सीमल एक्लै डगर एक्लै चौतारिको रहर एक्लै विस्तृतमा पढ्नुस् »

Syndicate content