यस्तो लेख्ने थिएँ होला चिठ्ठीभरी तिमीलाई
राम्री भनीदीएँ होला चिठ्ठीभरी तिमीलाई
बरफको टुक्रालाई मिसाएर प्यालाभरि
पानी जस्तै पिएँ होला चिठ्ठीभरी तिमीलाई
यस्ती भनी उस्ती भनी हुर्मत यो आफ्नै पनि
शब्दभरी लिएँ होला चिठ्ठीभरी तिमीलाई
बगैँचामा पुगीवरी फूल टिपी माला बनी
धागोमा उनिएँ होला चिठ्ठीभरी तिमीलाई
सम्झे सम्झ नसम्झिए सम्झाउने 'चित्र ' बनी
र त बिउँझिएँ होला चिठ्ठीभरी तिमीलाई विस्तृतमा पढ्नुस् »
नेपाल हो नेपाल बाबु होस गर्नु
पर्न सक्दछ गाल बाबु होस गर्नु
बाटैमा छुट्न सक्छ कतै अल्जीएर
त्यों कुसुमे रुमाल बाबु होस गर्नु
बिच्छ्याइएका हुन सक्दछन बाटामा
ती शिकारीका जाल बाबु होस गर्नु
पुन: तरंगिन सक्दछ्न नेपालमा
ती अशान्तिका छाल बाबु होस गर्नु
दुई पैसे सरकारको लागि फेरि
हुँदैछ है बबाल बाबु होस गर्नु
चित्र भट्टराई 'समर्पण'
सेर्ना- ३, ओखलढुंगा विस्तृतमा पढ्नुस् »
अरे ए ईश्वोर, ओ गड, ए खुदा भने पनि
एकै हो हामीले ए आमा ए बा भने पनि
खुट्टा नकमा तं सोचेभन्दा बलवान छस
किन डराउंछस मान्छे नडरा भने पनि
हजुर- हजुर गरेरै बांचें यतिन्जेल त
छुट्दैन अब यो आदत छुटा भने पनि .
महँगी असाध्ये बढेर हो की हावा मान्दैन
मान्छेको जिन्दगी सिंत्तैमा उडा भने पनि ,
ऊ गजलकार हो गजल गाउंछ उसले
कसैले 'चित्र' तं गजल नगा भने पनि
चित्र भट्टराई 'समर्पण'
प्रतिकृयाहरु
19 hours 15 min ago
1 day 3 hours ago
1 day 21 hours ago
1 day 22 hours ago
2 days 5 hours ago
2 days 23 hours ago
3 days 3 hours ago
3 days 3 hours ago
3 days 3 hours ago
3 days 6 hours ago