जय प्रकाश पौडेल

20
Feb

हांशीराछु उनको सामू

हांशीराछु उनको सामू भित्रि मन जलेपनी
अंशु देखा छैन उनलाई एकान्तमा ढलेपनी

उनलाई ख़ुशी भाको देखना मरिहत्ते गरेपनी
उज्ज्यालो दिन साकिन मैले मोमबत्ती झै बलेपनी

उनको खाली सिउदोमा पराइले सिंदूर भार्दा
उनको सामू हाशी रहे एकान्तमा ढलेपनी

सुख संग जीवन बितोस पराईको आगनमा
सधै साथ दिनेछु मनमा आधी चलेपनी

उनलाई ख़ुशी देखे ख़ुशी भई दिन्छ यो मन
दुख नआइपरोस उनलाई म चितामा जलेपनी

जय प्रकाश पौडेल
सोनपुर-८-सुन्दबरी
देउखुरी, दांग , नेपाल
jp.poudel13800 @gmail .com

Syndicate content