जिवन परिवर्तन

8
Aug

गजल

बेहोसीमा बौलाएर तिम्रो छेउ सर्न जानिन
दुनियाँले गरेजस्तो मैले माया गर्न जानिन

हृदयको कुनाकाप्चा त्यही तस्वीर कुँदीरहेँ
हातै काटी रगतले तिम्रो नाउँ भर्न जानिन

तिनै आँखा भित्र आफ्नो सपनाको संसार खोज्दा
अंगालोको इसारामा तिम्रो आँखा तर्न जानिन

शब्दहरु रित्याएरै सुन्दरताको बयान गरेँ
बगैँचाको फूल टिपी तिम्रो शिरमा छर्न जानिन

बन्दी जिवन छट्पटीदै बाँचिराछ आज तर विस्तृतमा पढ्नुस् »

6
Aug

गजल

आँशु खोली सरी छल्किँदैछन् अझै
हेर आँखा रुँदा टल्किँदैछन् अझै

बाध्यतामा परी आज टाढा भएँ
साथ फोटो तिम्रै झल्किँदैछन् अझै

हात जोडी संगै हिँड्न इच्छा संधै
पाउ त्यता तिरै पल्किँदैछन् अझै

गुम्सिएरै रहे चाहना साथमा
यो जवानी यसै ढल्किँदैछन् अझै

दोष मेरै थियो या यही भाग्यको
मर्म राँको बनी सल्किँदैछन् अझै

trijk@yahoo.com
facebook: mero.jeevan

Syndicate content