झिलिमिली तिहारमा लक्ष्मीको बास होस्
सधैं जस्तो भन्दा अहिले केही खास होस्
युगौ देखी चल्दै आको चालचलन रिवाज
सस्कृतिलाई बचाउँन यो तिहार सास होस्
सबै जना जम्मा भैइ खल्दै देउसी भैलो
टोल टोलमा घर घरमा भैलिनिको आस होस्
दाजुभाई दिदीबहिनी एकै ठाउमा भेला
माया ममता मिसिएको पकवानको रास होस्
रिमझिमे झरीमा रुझेर हो की
साच्ची नै जवानी बढेर हो की
साह्रै नै राम्री देखिछौ आज
बर्षातको मात लागेर हो की
भिजेको केश तपतप छ पानी
अनायसै गालामा खसेर हो की
जलपरी भन्दानि फरकै नपर्ने
पानीमा सुन्दरता खुलेर हो की
सेतो सारीमा झनै पो सुहायो
साउने झरीले बेरेर हो की
लजाए जस्तो लाग्यो नि किन हो
पानीले परेली झिम्केर हो की
आज फेरी तिम्रो याद आयो भानु मलाई
गरेका थियौ ठुलो योगदान धेरै कुरा सिकाई
भाषिक युद गर्यौ तिमले नेपालको लागि
सस्कृस्तको रामायणलाई नेपालीमा उल्थाई
थाहा थिएन कसैलाई नी साहित्य कला के हो
बिकासको पथ खुलायौ नी महत्व यसको बुझाई
नेपालको हितको लागि कलम चलाएर
इतिहासलाई बचाई राख्न सस्कृतिलाई बचाई
सानो सानो कुराको नी चिन्तन गर्ने बानी
घासीको त्यो इच्छाले दियो ज्ञान जगाई
यो छहारी हिजो भन्दा आज न्यानो लाग्न थाल्यो
तिम्रो मेरो सम्बन्धले नया साइनो गास्न थाल्यो
कहा कहिले सुरु भयो परिचय हामी बिचमा
जिन्दगीको यो यात्राले गति फेरी मोड्न थाल्यो
लाग्थ्यो कतै रहरहरु अधुरो नै रहन्छ कि
पुरा हुने भयो अब तिम्रो साथमा हास्न थाल्यो
समाजको बाधा अड्चन काडा बनि घोच्थे ति दिन
हड्दै गयो तिम्रो साथले जरै त्यसको फोड्न थाल्यो विस्तृतमा पढ्नुस् »
डोली लिइ आउने कुरा गर्दा तिम्ले पुरा
रहर जाग्ला लगाउनलाई सिन्दुर र चुरा
पन्चे बाजा डोली लिई आई मेरो आगनीमा
हटाउनलाई हामी बिचमा बढी राको दूर
ढाका टोपी दौरा सुरवाल लगाइकन् चट्ट परि
लिन आउदा बराल्लेको मन लाग्ला तर
स्वयंबरको माला संगै सिउदो मेरो भरिदिदा
बेग्ला बेग्लै जिन्दगीको एकै बनाई सुर
माइतीबाट बिदा गराई तिम्रो घरमा लग्दा मलाई
जिम्मेवारी थमाई तिम्लाई भन्न छाड्दा भुरा विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
19 hours 18 min ago
1 day 3 hours ago
1 day 21 hours ago
1 day 22 hours ago
2 days 5 hours ago
2 days 23 hours ago
3 days 3 hours ago
3 days 3 hours ago
3 days 3 hours ago
3 days 6 hours ago