जीवन परिवर्तन

22
Feb

कहाँ थीऊ तिमी

कहाँ थीऊ तिमी खोज्दा खोज्दै थाके पछि आयौ
यमराजले मृतुलोकमा डाके पछि आयौ

जिंदगीका लक्ष्यहरु पंछायेर बाँचे
बियोगका घाऊहरु पाके पछि आयौ
...
नासा लिंदै ढलीरहे मर्छु अब भन्दै
बित्रिष्णाको बदलले ढाके पछि आयौ

संगै बाच्ने संगे मर्ने रहर मेरो पनि
जिजिबिषा भंगालोमाँ जाके पछि आयौ

धर्ति बाट भार बनी अब बाँच्नु छैना
आफ्नै छाती माथि तीर ताके पछि आयौ

Syndicate content