तोरन राई

10
Mar

आसुँ पोख्खे पछि थाहा पाए

Toran's picture

धेरै लागि सकेछ खुट्टा ठोक्के पछि थाहा पाए
पिरहरू मा रैछु आसुँ पोख्खे पछि थाहा पाए

ब्यर्थै रैछ सिखर टेक्ने आकाशलाई छुने रहर
थोरै हिड्दानै पाइलाहरु रोक्के पछि थाहा पाए

आत्मा रोयो आँफै बेचिए जस्तै भाको रैछु
बर्केलिङ्गमा निस्चित रकम तोक्के पछि थाहा पाए

आफ्नै लाग्थ्यो इस्ट पनि तर होईन रैछन
बिना करण आँखा तर्दै झोक्के पछि थाहा पाए

23
Feb

प्रेम दिवस

पार्टी दिए बिशेष दिवसमा खर्च सबै रिन थियो
फाल्गुनको महिना, समय दिउसोको तीन थियो

प्रारम्भमा गजल भन्दै एउटा जोडी प्रस्तुत भयो
सुनीरहु लाग्ने गजल तर अबधी एकै छिन थियो

पिउदै थिए पिउनेहरू, नाच्ने नाचदै थिए
मस्त थिए एकअर्कामा पल कत्ति रङिन थियो

जम्दै थियो पार्टी अरु उपहारहरूको बर्सा संगै
प्रेमिकाको स्पर्समा पुरै शरीर झिन झिन थियो

अन्त्य तीर छुट्यौ सबै समयले नेटो कट्यो विस्तृतमा पढ्नुस् »

30
Jan

लठ्ठ परे

पाँचथरमा छङछङ काबेली खोली सँग लठ्ठ परे
खोली संगै उनको मिठो बोली सँग लठ्ठ परे

आहा!!सिर देखि पाऊँ सम्म श्रिंगारहरूले ठप्पै
पारदर्सी सारी भित्र थोरै खुल्ला चोली सँग लठ्ठ परे

पहिलो भेट्मा नै मान पर्‍यो बानीहरू राम्रो रैछ
मिठो सपना, उनलाई लैजाने डोली सँग लठ्ठ परे

कुरा अब पक्का भो उ पनि म जस्तै सोच्द रैछे
मैले रङ्ग्याउने उनको सिउदो होली सँग लठ्ठ परे विस्तृतमा पढ्नुस् »

21
Jan

स्वर्थी रैछौ तिमी

नजिकिदै थिए तर्केर गयौ स्वर्थी रैछऊ तिमी
बोलाउदै थिए झर्केर गयौ स्वर्थी रैछऊ तिमी

ठुलो चाहना पनि रखिन खाली साथ त मागे
झुटो तरिफमा सर्केर गयौ स्वार्थी रैछऊ तिमी

समान्ताका कुरा कुरै त तिम्रा चोखो हुनलाई
सुनपानी ले छर्केर गयौ स्वर्थी रैछऊ तिमी

सबै थोक मिल्छ, तिमीमा मर्छु थाह हुँदा पनि
जवानी अर्कैलाई दर्केर गयौ स्वर्थी रैछऊ तिमी

नजिकिदै थिए तर्केर गयौ स्वर्थी रैछऊ तिमी विस्तृतमा पढ्नुस् »

5
Dec

'मनकी रानी'

दुइ मत छैन हृदय भित्रको तिमी रानी भैसक्यौ ।
बाज्दिन तिमी नभै, प्यासको तिमी पनि भैसक्यौ ।।
.........
बेसाहारा,टुहुरा हरु रमाउन थाले साहारा,माया पाइ ,
सर्बब्यपी तिम्रो ममता, मायाको तिमी खानि भैसक्यौ ।।
.........
गाउँले कोही चिठ्ठी बोकी पुग्दैनन मास्टर कहाँ ,
परिवर्तन को श्रेह, ज्ञानको तिमी दानी भैसक्यौ ।।
..........
बिक्रिती र बिसङ्गती हरु छाडे अब युवा ठिटा , विस्तृतमा पढ्नुस् »

30
Nov

"हुन पाऊँ"

ठुलो चाहना होईन, रङिन संसार सबको होली हुन पाऊँ ।
नमिलेका मुद्दाहरु, सर्बमान्य सु-निस्कर्सको बोली हुन पाऊँ ।।

चिताउदै गरेका पाप अनी बुनिदै गरेका कुबिचार हरुका ,
सारीएर मिती, कहिल्यै नआउने त्यो भोलि हुन पाऊँ ।।

हत्या, हिम्सा, लुटपात, चोरी जस्ता कुरा अब सामन्य आरे ,
सुरक्छ्यामा समर्पित, कहिल्यै नगल्ने नौजवानको टोली हुन पाऊँ ।।

मागेर जिबीकोपार्जन गर्ने मगन्ते असाय, दुखीहरुका , विस्तृतमा पढ्नुस् »

Syndicate content