दिनेश लामिछाने कान्छा

8
May

तल्ला घरकी भुन्टी पनि सहरतिर आइछे अरे !

तल्ला घरकी भुन्टी पनि सहरतिर आइछे अरे !
गुन्नु चोली बिर्सिएर खै मिनिस्कट लाइछे अरे !!
पढाई पनि टेस्ट फेल के-काम पाउथि उसले !
आज भोलि रेस्टुरेन्ट नाइट क्लुब धाइछे अरे !!
सबैतिर भाग पुग्ने कस्तो होला उसको मन !
सबको मनमा त उही मात्रै छाइछे अरे !!
सबलाई भाग पुग्ने उत अब शहर अनि !
टोलभरिकै जल्दो बल्दो नमुना नै भाइछे अरे !!
गाउको ढिडो गुन्द्रुक मकै उसलाई के-को पच्थ्यो ! विस्तृतमा पढ्नुस् »

7
May

कस्ती भै मेरी सानी देख्न मन लाग्यो !

कस्ती भै मेरी सानी देख्न मन लाग्यो !
आज भोलि के गर्छिन भेट्न मन लाग्यो !!
धेरै भयो उनको खबर नपा'को नि मैले
उनकै नाउमा एउटा चिट्ठी लेख्न मन लाग्यो !!
दोबाटोको चौतारीमा पर्खी बसी बसी अब
साच्चै मैले उनकै बाटो छेक्न मन लाग्यो !!
कस्ती भै मेरी सानी देख्न मन लाग्यो !!
आज भोलि के गर्छिन भेट्न मन लाग्यो !!

5
May

आखिरमा अर्कै संग मन मुटु जोड्यौ किन ??

दोबाटो मै पुगेपछि बाटो अन्तै मोड्यौ किन ??
संगै संगै जिउने बाचा कसम तोड्यौ किन ??
दुइटा मुटु एउटा धड्कन भन्थौ अनु जुनीभरी !!
तर आज यहि मुटुको साथ छोड्यौ किन ??
नछुटिने हाम्रो माया जुनी जुनी भन्थ्यौ अनु !!
आखिरमा अर्कै संग मन मुटु जोड्यौ किन ??
dukhi_dinesh2009@yahoo.com
९८५१०४९८१८
काठमाडौँ नेपाल

Syndicate content