दिनेश लामिछाने गोर्खाली कान्छा

8
May

कस्ती भै मेरी सानी देख्न मन लाग्यो !

कस्ती भै मेरी सानी देख्न मन लाग्यो !
आज भोलि के गर्छिन भेट्न मन लाग्यो !!
धेरै भयो उनको खबर नपा'को नि मैले
उनकै नाउमा एउटा चिट्ठी लेख्न मन लाग्यो !!
उसकै नाउमा गीत लेखि अब मैले पनि !
मिठो धुन सारंगी त रेट्न मन लाग्यो
दोबाटोको चौतारीमा पर्खी बसी बसी अब
साच्चै मैले उनकै बाटो छेक्न मन लाग्यो !!
कस्ती भै मेरी सानी देख्न मन लाग्यो !
आज भोलि के गर्छिन भेट्न मन लाग्यो !!
दिनेश लामिछाने विस्तृतमा पढ्नुस् »

Syndicate content