दुर्गा ढेँगा

14
Jul

कस्तो साथी तिमी

ढाट्ने अनि बताउने कस्तो साथी तिमी
मात्ने अनि मताउने कस्तो साथी तिमी

सुख दिन्छु भनि दुःखै दुखको जिन्दगी
काट्ने अनि कटाउने कस्तो साथी तिमी

तिमी बिना मर्छु भनि चिप्ला कुरा गरी
चाट्ने अनि चटाउने कस्तो साथी तिमी

हेलो माई डार्लीङ मिस यू अलट अफ
साट्ने अनि सताउने कस्तो साथी तिमी

हुन्छ हुन्न पुरा जे त पर्ला लजा कुरा
छाट्ने अनि छटाउने कस्तो साथी तिमी

Syndicate content