आफ्नै यो मनको, रहर यस्तै छ
अदृश्य सम्झनाको, लहर यस्तै छ।
यता उता उती भौतारीँदै हराउँछु
बिरानो यो घुम्ने, शहर यस्तै छ।
आउँछ फेरी सुनौलो बिहान लिइ
बिहान आउँदा फेरी, प्रहर यस्तै छ।
खहरे नै भयो याम संगै आँशु मेरो
बगी रहन्छ भेलझैँ, नहर यस्तै छ।
भित्रि मन यो डढेर खरानी हुँदा
यो जिन्दगीको, ठहर यस्तै छ।।
रोल्पा, हाल: प्रबसिभुमी बाट...
प्रतिकृयाहरु
19 hours 30 min ago
1 day 3 hours ago
1 day 21 hours ago
1 day 22 hours ago
2 days 5 hours ago
2 days 23 hours ago
3 days 3 hours ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 6 hours ago