अहङ्कारी वस्तिमा फलेको चलन
कुरा नगर यहाँ चलेको चलन
अन्धकारीहरुको यहा ठुलो भिड छ
भो! निराशा बोकेर बलेको चलन
सबै दुखीमाथी छ यहा शोषण
आफ्नै व्यथामा गलेको चलन
छैन शक्ति कसैको न छ शाहास
शक्तिशाली सामु ढलेको चलन
दरिद्रताको आगोमा जल्दैछन दुनिया
त्यही आगोभित्र जलेको चलन।।
सपनाको देशमा आज अर्को सहर बढ्यो
धेरै पछि फेरी किन, उनलाई भेट्ने रहर बढ्यो
गजलसगैँ बुनेका, मायाका ति शेरहरु
सम्झानामा टोलाउदा, फेरि अर्को वहर बढ्यो
अधेरी त्यो रातमा, उनीलाइ नै सम्झि बस्दा
किन किन यस्तो लाग्छ, रातको चौथो प्रहर बढ्यो
केही लेखुँ भन्छु म, उनैको वयान गरि
सूरु गरूँ कहाँबाट श्रिङ्गारको लहर बढ्यो।
प्रतिकृयाहरु
19 hours 32 min ago
1 day 3 hours ago
1 day 21 hours ago
1 day 22 hours ago
2 days 5 hours ago
2 days 23 hours ago
3 days 3 hours ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 6 hours ago