नवराज भट्टराई

8
Jul

खुटा टेक्ने ठाउँ छैन शहर हेर त

खुटा टेक्ने ठाउँ छैन शहर हेर त
मिलाए भन्छ गजल बहर हेर त ?

तिम्रो र मेरो कुरा नमिलेर के भो
देशमा वार्ताकै छ लहर हेर त ?

पिउदा पिउदै एस्तो भयो ऊ
पिउछु भन्छ जहर हेर त ?

आज त अनर्थ होला जस्तो छ
एका बिहानीको प्रहर हेर त ?

समुन्द्र पार गर्दै आको मान्छेलै
बगाऊछु भन्छ नहर हेर त ?

5
Jul

आमा र नानी मा आकाश जमिन को फरक

आमा र नानी मा आकाश जमिन को फरक
ठुली र सानिमा आकाश जमिनको फरक

हुनत मेरी आमा पनि नारिनै हुन्
आमा र नारीमा आकाश जमिनको फरक

सोचिरहेको होला भिखारी ! अब माग्दिन भो
भिखारी र दानीमा आकाश जमिनको फरक

के पिउछ ऊ श्वाद लिदै पिउनु उसको कला हो
मदिरा र पानीमा आकाश जमिनको फरक

भन्थे सबैले उस्को अनुहार तेरो जस्तै छ 'नबु'
हुन सक्छ बानीमा आकाश जमिनको फरक

ओखलढुंगा , च्यानाम ६ विस्तृतमा पढ्नुस् »

Syndicate content