पवन

28
Aug

थियो

मनमा बेग्लै खुसियालि मायाँको उमङ्ग थियो
खुला आकासमा उर्दै गरेको एउटा मनको चङ्गा थियो

झुटो बोले मरि जाउँ धरो धर्म उसकै कसम
चोखो मायाँ लगायको मैले उसै सँग थियो

तर आज किन उसलाइ पराइको साथ देख्छु
लाग्छ सबै सँग मिल्ने उत सेतो रङ्ग थियो

झुटो बाचा कसम देखाइ धर धरि रुहाउने
उ निस्थुरि मायालुको एउटा हुल दङ्गा थियो

27
Aug

माया

16 बैँसे जवानिको भुल रैछ माया
बास्ना छरि ओईलि जाने फुल रैछ माया
सोँचेकोथेँ माया लगाइ हाँसि खुसि जिउँला
तर अबिरल आशुँको मुल रैछ माया
थाहै नदिइ आँखा भित्र पसि धेरै रुहाउने
चैतमास खदेरिको धुल रैछ माया
सुनेकोथेँ मायालेत फातेको मन सिउँछ अरे
तर मनै छिदाउने त्रिशुल रैछ माया

26
Aug

जनताको सुरछ्या

अझै देशमा शान्तिको फुल बन्या छैन
जनतालाइ सुरछ्याको झुल बन्या छैन
2/4 खोक्रा भाषण पनि जनतालाइ दिँदैनथे होला
तर सिधै कुर्चि सम्म पुल बन्या छैन
नाना थरि बन्द गरि महँगि धैरै नबधाउ
जनतालाइ पैषाको मुल बन्या छैन
गराइ बनद चलाइ दोन्ड मार्छन सिधा सोझा जन्ता
हत्यारालाइ कानुनको त्रिशुल बन्या छैन
देशमा अझै शान्तिको फुल बन्या छैन
जनतालाइ सुरछ्याको झुल बन्या छैन

Syndicate content