पवन थापा [मगर] खड्गकोट-5 रम्फै

2
Sep

पहिलो पल्त

पहिलो पल्त बुतवल शहर घुम्न भनि गाको हजुर
अचम्मैपो लाग्यो मलाइ साँच्चिनै त्यो भाको हजुर

सोह्र भन्दा धेरै थिन पक्कै तिनानिको उमेर
तर सडक छेउ बसि बियर समाइ खाको हजुर

तिनका बाउ आमाले तिनलाई सिकायकि आफै सिके
छोतो मिनि स्कत माथि चश्मा केसमा लाको सजुर

दाजु भाइ बाउ आमाको छैन किहो तिनलाइ सरम
झन्दै अर्ध नँग्न बनि एकै हुलमा धाको हजुर

Syndicate content