चन्द्रमाझैं रुप पाएरनी
ग्रहण लागेझैँ बुध्दि तिम्रो,
नदेखाउ त्यो घमण्डीपन
नसुनाउ भो घुर्की तिम्रो
(कैले सम्म यसरी नै
चल्ला हाम्रो जिन्दगानी)2
न त बोल्छौ न त हास्छौ
तस्बिर हो की मूर्ती तिम्रो
चन्द्रमाझैं रुप पाएरनी....
(रुपमा त राम्री थियौ
बोलिबचन राम्रै लाग्थ्यो)2
गाउँघरमा सुनाउथे
लगाउथे फुर्ति तिम्रो
चन्द्रमाझैं रुप पाएरनी....
(दुईदिनको मायाजालमा
मज्जासँग फसे आज)2 विस्तृतमा पढ्नुस् »
घाम झुल्केर अस्ताइसक्यो तिमी आउने बाटो हेर्दा,
गाह्रो हुदो रैछ सानु प्रतिक्षामा बस्नुपर्दा,
(मनमा कुरा धेरै थिए भेट्दा तिम्लाई भन्नुपर्ने)2
भन्नै पाईन आईनौ भेट्न मध्यरात भो म फर्कदा,
घाम झुल्केर अस्ताइसक्यो..
(थाहा पाए साथ छोड्यौ साह्रै धेरै स्वार्थी भईछौ)2
मैले बुझ्न सकेनछु तिम्ले आफ्नो मनलाई फेर्दा,
घाम झुल्केर अस्ताइसक्यो..
(तिम्रो याद आछ सानु मन बुझाउन गाह्रो भाछ)2 विस्तृतमा पढ्नुस् »
आफ्नै सम्झी तिम्रो सामु आउनु गल्ती भो,
धोका भन्छेउ आखिर माया लाउनु गल्ती हो,
(एक्लो जिवन जिउन साह्रै गाह्रो हुन्छ भनी मैले)2
दु:ख बाड्न तिम्रो साथ माग्नु गल्ती भो,
आफ्नै सम्झी तिम्रो सामु...
(गयौ सानु जानलाई त यो पवनलाई एक्लै छोडी)2
तर पनि तिम्लाई सम्झी रुनु गल्ती हो,
आफ्नै सम्झी तिम्रो सामु...
(आकाशका जुनतारा झै हाम्रो जोडी हुन्छ भन्थ्यौ)2
मख्ख पर्दै तिम्लाई बिश्वास गर्नु गल्ती भो, विस्तृतमा पढ्नुस् »
कहाँ देखी कहाँ बसाई सार्यो पिरतिले,
कैले हासो कैले आसुँ झार्यो पिरतिले,
(आफ्नै सम्झी मन मुटु तिमीलाई नै अर्पण गर्दा)2
आज मलाई एकोहोरो पार्यो पिरतिले,
कहाँ देखी कहाँ बसाई...
(पवनको यो हृदयलाई तिम्ले लुटि लगेपछी)2
बाँच्न गार्हो भयो मलाई मार्यो पिरतिले,
कहाँ देखी कहाँ बसाई...
(यति हुन रैछ आज तिम्रो मेरो सम्बन्धको)2
पर्खाल बनी दुईआत्मालाई बार्यो पिरतीले,
आफ्नै सम्झी मन मुटु तिमीलाई नै अर्पण गर्दा,
आज मलाई एकोहोरो पार्यो पिरतिले,
कहाँ देखी कहाँ बसाई...
कैले हासो कैले आसुँ....
kawasoti'shivamandir-2,28 bigaha
भेटेजति सबै राम्रा मान्दा रैछन् कोईकसैले,
पैलो भेटमै माया बस्यो भन्दा रैछन् कोईकसैले,
चोखो माया छैन केबल साथीभाईस प्रतिस्पर्दा
कस्को धेरै lover भनी गन्दा रैछन् कोईकसैले,
भेटेजति सबै राम्रा मान्दा रैछन् कोईकसैले ।।
बिश्वाश गर मैले तिम्लाई धेरै माया गर्छु सानु,
संसारका सारा खुसी तिम्रो दीलमा भर्छु सानु,
(तिम्लाई खोसी बैरिहरुले रामायण नै रचे पनि)2
तिम्लाई पाउन उनीहरुस एक्लै पनि लड्छु सानु,
बिश्वाश गर मैले तिम्लाई...
(जति रचुन षड्यन्त्र नै छोड्दिन म तिम्रो साथ)2
युध्दको त्यो चक्रब्युमा बरु परे पर्छु सानु,
बिश्वाश गर मैले तिम्लाई...
(संगै बाच्दा यो समाजमा अप्ठारोमा पार्छन् भने)2
नौलो संसार खोजी तेतै तिम्लाई बसाई सार्छु सानु,
बिश्वाश गर मैले तिम्लाई...
(न चोरेर लान सक्छन् न खोसेर तिम्रो माया)2
लुकाउछु हृदयमा अनी गाँठो पार्छु सानु,
बिश्वाश गर मैले तिम्लाई...
संसारका सारा खुसी तिम्रो...
प्रतिकृयाहरु
19 hours 38 min ago
1 day 3 hours ago
1 day 21 hours ago
1 day 22 hours ago
2 days 5 hours ago
2 days 23 hours ago
3 days 3 hours ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 6 hours ago