पवन सुबेदी पृथक (alone boy)

14
Oct

uskai yad ma... Kawasoti shivamndir2,28 bigaha

उस्कै यादमा अझैपनि पिउदै छ भन्दिनु,
नसामा नै यो जिन्दगी सिउदै छ भन्दिनु,
मर्यो पवन पापिनीले भन्ठानीकी होली अब
तड्पी तड्पी भए पनी जिउदै छ भन्दिनु,
उस्कै यादमा अझैपनि पिउदै छ भन्दिनु ।।

14
Oct

एउटा कुरा भन्दैछु म...

एउटा कुरा भन्दैछु म ध्यान दिएर सुन प्रिया,
मेरो लासमा चढाउने एउटा माला उन प्रिया,
(बिधाताले दिएन खै तिमी र म सँगै जिउन)2
तिम्रो लाएक यो जन्ममा सकिन म हुन प्रिया,
एउटा कुरा भन्दैछु म....

(खुसी हुनु अब तिमी जादै छु म संसार छोडी)2
अब तिम्ले आफ्नो लाएक मनको राजा चुन प्रिया,
एउटा कुरा भन्दैछु म....

(म त भुईको धुलो सानु बताससंग खेल्ने गर्छु)2
धर्तीमा छु के सक्थे र आकाशको जुन छुन प्रिया,
एउटा कुरा भन्दैछु म....

(यो धर्तीमा एक्लै आए जादैछु म अब एक्लै)2
मर्यो पवन भनी तिमी पर्दैन भो रुन प्रिया,
एउटा कुरा भन्दैछु म....
मेरो लासमा चढाउने....

Syndicate content