पाए मैले नमिठो घात,त्यहि बेला तिमि हास्यौ !
भयो मेरो जीवन रात,त्यहि बेला तिमि हास्यौ !!
बैरी मेरा हसायौ तिम्ले,जानीजानी दियौ आँशु !
जब म भए बर्बाद, त्यहि बेला तिमि हास्यौ !!
तिमि डोली अर्कैको चढ्दा,मेरो मुटु चिरा पर्यो !
तीम्रो मेरो छोडियो साथ,त्यहि बेला तिमि हास्यौ !!
आज भुल्नु कसोरी भन्दै बिताएका पल हरु ?
अलि अलि लगाए मात, त्यहि बेला तिमि हास्यौ !!
लौ ! कहाँ झरेछ मन थाहै पाईन !
ए ! प्वाल परेछ मन थाहै पाईन !!
यो कस्तो अचम्म केहि छैन मसंग !
खै, कसले हरेछ मन थाहै पाईन !!
न निद आउछ न छ भोक मलाई !
हो ! डेरा सरेछ मन थाहै पाईन !
म वारी छोडिए उ त पारी पुगेछ !
को ? संग तरेछ मन थाहै पाईन !
तिमीलाई सम्झेर जूनेली रात बित्यो !
अनि छाती चर्केर जूनेली रात बित्यो !!
गयो जाने देखाई सपना थरी थरी !
बिना अर्थ कल्पेर जूनेली रात बित्यो !!
भुलूं भन्छु सक्दीन सम्झना उर्लिदिन्छ !
उही घाउ बल्झेर जूनेली रात बित्यो !!
अझै आशा बाँकीछ आउन होकी भन्ने !
उनै लाई पर्खेर जूनेली रात बित्यो !!
बिकट बस्ति हरुको समाचार खोज्दै छु अचेल !
कहाँ कहाँ पुगेको रैछ सरकार खोज्दै छु अचेल !!
के गर्न्नु सम्मान र दोसल्लाले मात्रै खान दिएन !
कसरि चलाउने जिन्दगि?आधार खोज्दै छु अचेल !!
तपाईले कहाँ के बेच्नु भयो थाहा छैन कवी जी ?
म त आफै बेचिनको लागि बजार खोज्दै छु अचेल !!
तपाइको जस्तै मेरो पनि छोरा हराएको छ हजुर !
यी भिड हरुमा उसैको अनुहार खोज्दै छु अचे !!
प्रतिकृयाहरु
19 hours 39 min ago
1 day 3 hours ago
1 day 21 hours ago
1 day 22 hours ago
2 days 5 hours ago
2 days 23 hours ago
3 days 3 hours ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 6 hours ago