पुष्प अधिकारी ''अन्जली''

5
Jun

पाइलैपिच्छे हार भैदिएपछि के लाग्छ र .

पाइलैपिच्छे हार भैदिएपछि के लाग्छ र .
दुनियादेखि दिक्दार भएपछि के लाग्छ र ।
मान्छेभित्रको मान्छे बनोस भन्थे म ,
सँधै उस्तै कुविचार भएपछि के लाग्छ र ।
आफुले बाँच्नुपर्ने जिन्दगी पनि यहाँ ,
सँधै अरूकै सरोकार भएपछि के लाग्छ र ।।

Syndicate content