प्रकाश अजनबी कुघा-पर्बत

9
Jun

गर्दै थियौ

आगनीको डिलमा बसी चुरा पोते गर्दै थियौ
बिचमा काट्‌या सिउँदो तिम्रो सिन्दुरले भर्दै थियौ
कोरी बाटी चुल्ठी चिटीक्क परेपछि
आङै भरि मगमगाउदो कुन्नी के-के छर्दै थियौ
ऐना हेर्दै मुखमा पाउडर घसथ्यौ तिमी घरी-घरी
राम्री थियौ साह्रै तिमी अझै राम्री पर्दै थियौ
त्यही पलमा मलाई देख्दा लज्जाएको जस्तो गरी
दन्ते लहर मुस्कुराउदै मेरै समिप सर्दै थियौ ॥

Syndicate content