प्रकाश अजनबी पौडेल

30
Jun

गजल

तर्सित आत्मा तड्पाएर रूवाउनु कति यहाँ
नयनबाट आँशु धारा चुवाउनु कति यहाँ

सर्घषीत हो जिन्दगी यो मनोनयित गर्नपर्छ
आंकाक्षालाई मनै भित्र कुवाउनु कति यहाँ

अपबित्र जिन्दगीमा दाग धब्बा सरोबरी
स्वचछ पार्न गंगाजलले धुवाउनु कति यहाँ

मर्यादा र संस्कृतिको सिमा नाग्न खोजेपछि
बाचा कसम निर्दयीलाई खुवाउनु कति यहाँ

काल्पनिक चौरहटको पंधेरीमा बसि सधै
धमिलो जलले शुद्द हुन नुवाउनु कति यहाँ ॥ विस्तृतमा पढ्नुस् »

28
Jun

मान्छे म

बृहत आकार रबर झै तन्किएको मान्छे म
मौरी होईन माँखा झै भन्किएको मान्छे म
गन्दगीको छिटा परि पबित्रता धमिँलिदा
रिस अनि आबेशमा रन्किएको मान्छे म
बिना आगो जलिराछु
तर धुँवा देखिदैन
जगंलको डढेलो झै दन्किएको मान्छे म
असल बाटो छोडदा जिबन कुबाटोमा मोडीएर
पिडा खप्दै आक्रोशमा झन्किएको मान्छे म
जिबन बाट हार खाई बचेको सास उम्काएर
स्वर्ग होईन नर्क तिरै थन्किएको मान्छे म ॥

कुर्घा डाँडा 5 पर्बत ॥

17
Jun

रात सम्झे

जवानीमा तिमी र म हल्लीएको रात सम्झेँ
रक्सी पिउदै सडक पेटी झल्लीएको रात सम्झेँ
साथित्वमा ज्यानै दिन्छु भन्ने तिम्रो कसम थियो
तिम्रो सुरमा म आफूनी रल्लीएको रात सम्झेँ
उन्मातमा पछारियौ खाल्टो रैछ अघिपट्टी
कैयौँ भारको अचेटमा डल्लीएको रात सम्झेँ
अनकन्टार रात थियो थियौ अचेत हालतमा
राता-रातमै एक्कासी बिचल्लीएको रात सम्झेँ ॥

8
Jun

निद्रै परेन

धर्तीमा कदम टेकायौ आमा
जन्मायौ बाटो देखायौ आमा
घुक्क घुक्क म रुदाँ खेरी
काखैमा राखी सेकायौ आमा
पिडा र मर्म सहेर आफैले
आंधी र हुरी छेकायौ आमा
ठुलो मान्छे बनाउन मलाई
पढायौ अनि लेखायौ आमा
सपना बोकी म प्रदेश लागे
तिमीले हिजो के खायौ आमा

7
Jun

नगरौ आज

पाप घर्मका कुरा नगरौ आज,
खोटो कर्मका कुरा नगरौ आज,
समय र संयोगले भेटायो हामीलाई,
लाज सर्मका कुरा नगरौ आज,
उता जस्तै यता पनि उस्तै-उस्तै छ ब्यथा,
पिडा मर्मका कुरा नगरौ आज,
आज सगैँ बसौ भोली जे त होला,
अर्म पर्मका कुरा नगरौ आज,

7
Jun

र पो रुन्छु

हरेक पल तिम्रो याद आउछ र पो रुन्छु ,
भक्कानिदा मनमा घाउ लाउछ र पो रुन्छु ,
ढुकढुकिको चालभित्र तिम्रो बास भएपछि ,
तिम्रै तस्बिर आखाँभरी छाउछ र पो रुन्छु ,
रोक्न खोज्दा मनलाई झनै गाँठो पर्दै जान्छ ,
भित्री मनले तिम्रो आभास पाउछ र पो रुन्छु ,
यता-उता शयर गर्दा तिम्रो याद दोब्बर हुन्छ ,
न्याउलीले बिरही गित गाउछ र पो रुन्छु ,
थाम्नलाई यि आशुँ कति-कति गाह्रो रैछ ,
सम्झनाले परेली रुझाउछ र पो रुन्छु ॥ विस्तृतमा पढ्नुस् »

Syndicate content