प्रकाश अजनबी पौडेल कुघा पर्बत

9
Jun

सगै हुदा

कहिले हाँस्थ्यौ कहिले रुन्थ्यौ सगैँ हुदा
आशुँ बगाई परेलीलाई धुन्थ्यौ सगैँ हुदा
हामी दुई कलयुगका राधे-कृष्ण भन्दै
माकुरीले झै माया बुन्थ्यौ सगैँ हुदा
छातीमा हात राखी कसम खादै तिमी
ढुकढुकीको आबाजलाई सुन्थ्यौ सगैँ हुदा
मायाको बदलामा माया दिन्छु भन्दै
ति अधरले यि अधरलाई छुन्थ्यौ सगैँ हुदा
तिम्रो मेरो साथ आज नियतिले छुटाईदियो
दु:ख पर्दा समिप्यमा हुन्थ्यौ सगैँ हुदा ॥

Syndicate content