जवानीमा तिमी र म हल्लीएको रात सम्झेँ
रक्सी पिउदै सडक पेटी झल्लीएको रात सम्झेँ
साथित्वमा ज्यानै दिन्छु भन्ने तिम्र कसम थियो
तिम्रो सुरमा म आफूनी रल्लीएको रात सम्झेँ
उन्मातमा पछारियौ खाल्टो रैछ अघिपट्टी
कैयौँ भारको अचेटमा डल्लीएको रात सम्झेँ
अनकन्टार रात थियो थियौ अचेत हालतमा
राता-रातमै एक्कासी बिचल्लीएको रात सम्झेँ ॥
भत्किए मनोरम पाटाहरु जिन्दगीका
बन्द हुदाँ लक्ष्य पुग्ने बाटाहरु जिन्दगीका
नाफा नामको शब्द भन्ने छैन मेरो डायरीमा
थकित भाछु हिसाब गर्दा घाटाहरु जिन्दगीका
देखिदैनन मन भित्रका दर्दनाक चोटहरु
आलै छन घाउ अनि खाटाहरु जिन्दगीका
माया थियो खुसी थियो सानो मेरो संसार थियो
कहा बाट सुरु भए फाटाहरु जिन्दगीका
थोरै मेरो खुसी पनि दैबले नै हरेपछी
बढ्दै गाछन रोदन अनि सन्नाटाहरु जिन्दगीका ॥
प्रतिकृयाहरु
19 hours 45 min ago
1 day 3 hours ago
1 day 21 hours ago
1 day 22 hours ago
2 days 6 hours ago
3 days 3 min ago
3 days 3 hours ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 7 hours ago