मलाई हराउनुमा कसैको हात हुनुपर्छ
या त तिम्रो जबानीको मात हुनुपर्छ
त्यत्तीकै त तिमी यति उचालीएकी हैनौ हौली
केही न केही त यसमा खास वात हुनुपर्छ
अप्ठयारोमा साथ माग्यौ सजिलोमा छोडनु रैछ
कसैको त तिम्लाई पक्का साथ हुनुपर्छ
अरुले झै तिम्ले पनि धोकेबाजको संज्ञा पायौ
तिमी पनि निष्ठुरीको जात हुनुपर्छ
बिछोडको पिडा के हो कस्तो हुन्छ तड्प जान्न
मलाई जस्तै तिम्लाई पनि घात हुनुपर्छ ॥
प्रतिकृयाहरु
19 hours 46 min ago
1 day 3 hours ago
1 day 21 hours ago
1 day 22 hours ago
2 days 6 hours ago
3 days 3 min ago
3 days 3 hours ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 7 hours ago