को हौ तिमी भन्ने सोच्थें, मेरै दाईकी साली रैछौ
मानिसमा हुनुपर्ने सबै गुणकी माली रैछौ
पैलो भेट्मै मोहनीको जालमा परया रैछु म त
थाह पाए जादु टुना सिक्न पनी थाली रैछौ
बा रिसाउदा भन्थे अरे विहे गरि धपाइदिन्छु
अझै म त सानी नै छु भन्दै कुरा टाली रैछौ
नज़रम त लठै पर्ने बच्चा जवान बूढापनी
नज़र जस्तो भए पनी तिमी अलि काली रैछौ
के छ विचार घरजम गर्ने बेला पनी भैसकेछ
भिनाजुकै भाई संग जाने आशा पाली रैछौ
सोह्र वर्षो जोवनसंगै झुल्दा राम्री देखे
फक्रिएको फूलजस्तै फूल्दा राम्री देखे
कोयलीको स्वरसंग आफ्नो स्वर गुनगुनाई
रनवन चौतारीमा डुल्दा राम्री देखे
चिनी घोल्न राखिएको पेय पदार्थ झै
बच्चा, जवान, बुढासंग घुल्दा राम्री देखे
बारुले त्यो कम्मरसंगै चट्ट गून्योचोली
मुस्कुराउदै दन्ते लहर खुल्दा राम्री देखे
सोह्र वर्षो जोवनसंग झुल्दा राम्री देखे
फक्रिएको फूलजस्तै फूल्दा राम्री देखे विस्तृतमा पढ्नुस् »
पिरतीले डोरी कस्यो जवानीले छोएदेखी
अन्जान पनि दिलमा बस्यो जवानीले छोएदेखी
हुदो रैछ चुलबुले पन सोह्रवर्षो उमेरमा
नजरैको तिर धस्यो जवानीले छोएदेखी
देखेपछि यो नजरले वैशालु ती नानीलाई
सुटुक्कै मन त्यतै पस्यो जवानीले छोएदेखी
हिजो आज पिरतीकै कुरा गर्दै हिडछ्
लौन हजुर प्रकाश फस्यो जवानीले छोएदेखी
पिरतीले डोरी कस्यो जवानीले छोएदेखी
अन्जान पनि दिलमा बस्यो जवानीले छोएदेखी
प्रतिकृयाहरु
19 hours 47 min ago
1 day 3 hours ago
1 day 21 hours ago
1 day 22 hours ago
2 days 6 hours ago
3 days 4 min ago
3 days 3 hours ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 7 hours ago