प्रदिपचन्द्र सुबेदी

12
Dec

आशाको अबशान

तिमि पनि सत्ताको लागी तानातान गर्यौ बाबुराम
शक्तिको लागी देशकै अपमान गर्यौ बाबुराम।।

कहिले जम्बो मन्त्रिपरिषद कहिले आममाफिको निर्णय
टुसा पलाउन लागेको आशाको अबसान गर्यौ बाबुराम।।

जान्ने सुन्ने तिमि नै थियौ, बिद्धान पनि तिमि
देश बिरुद्धको निर्णय जानाजान गर्यौ बाबुराम।।

बल्ल थाहा पायौ होला"भन्न भन्दा गर्न गाह्रो"
पlIfय राजनितिको लागी हानाहान गर्यौ बाबुराम।। विस्तृतमा पढ्नुस् »

7
Oct

सम्बन्ध

जलेको प्रतिबिम्ब हेर मेरो रोएको प्रतिध्वनि सुन
बल्ल स्बाद खाएछ भनि मनमनै खुसि गुन
सडकको मान्छे म फाँसिको फन्दामा पर्दाखेरी
जीत भयो तिम्रै, छोयौ तिमिले आकासका जुन
तिम्रो मेरो अलिखित सम्बन्ध बालुवाको घर भयो
मेरो हारेको लाश टेकि, ठुला सपनाका महल बुन
चोखो मेरो प्रित मनलाई अपमानित आस्था बनाई
अब तिम्रो रँगिन सपनामा मनको राजकुमार चुन
मरेका मेरा आँखालाई सेतो कपडाले छोपि
रमाउनलाइ उसैसँग फुलैफुलक माला उन ।
----------------------------------------------------------
प्रदिपचन्द्र सुबेदी
पाङ-४، पर्वत नेपाल
(इ-मज्जा डट ब्लगस्पट डट कम)

Syndicate content