
अझै पनि कुरेकै छु , तिमी आउने बाट हरु
घरी - घरी बल्झिरहन्छ , पिरतिका खाटा हरु ................/
नगरेको होइन प्रयास , बिर्सन लाई तिमी
तर झनै सल्बलाउछन् , मन का दुई पाटा हरु ...............//
बिलाई गएउ कता - कता , भुवरी को पात जस्तै
आसुँ पिउदा तिम्रो लागि , सहे धेरै घाटा हरु ................/
मधुर मिलन को झिनो आशामा , पागल जस्तै भौतारिदा विस्तृतमा पढ्नुस् »

संघर्श को मैदान मा छोडि ,भाग्ने रैछ तिम्रो बानी
तर सोचेनौ किन, आफ्नै देश लाई हुन्छ कि हानी ...................
डलर को खोजिमा , बेचयौ तिमी ले माया र मामता
तर भूल्यौ किन , नेपालमा पाइन्थ्यो सुन को खानि ..................
लत्याएर मातृभूमी , पुग्यौ तिमी बिदेशी को चाकरिमा
तर पुछेनौ किन , आमा को आँखा बाट झर्ने पानी ..................
जन्मदा र मर्दा पनि , शरण लिएउ एही माटोमा विस्तृतमा पढ्नुस् »

आशा थियो सफलता को ,तर आज हार भयो
तिमी बिना जिबन मेरो , आँफै लाई भार भयो ................../
भरोसा को बाध टुटाइ , पराइ भएउ जब तिमी
जिबन यहाँ चुडिएको , सारंगी को तार भयो .....................//
बाटो हिड्दा गाउ - बेसीमा , दौतरी ले कुरा काट्दा
जिबन मेरो लाजले झुक्ने , लज्जावती झार भयो .................///
अचानो झै पिर आज , यो छातीले भोग्नु पर्दा विस्तृतमा पढ्नुस् »

पैसा कमाउने आशा मा , सात समुन्द्र तर्नु पर्या छ
आफन्त को बगैचा बाट , चुडिएर झर्नु पर्या छ .....................
रगत र पसिना को खोला , हर पल बगेता पनि
पैसा को लागि बिदेश्मा , काम गर्नु पर्या छ .......................
बिछोड को बेदनाले छाती , नौचिरा भयता पनि
मिलन मधुर को आशले , मन को झोली भर्नु पर्या छ .....................
रुखो बोली र तिखो बचन लाई ,सामना हजार गरेर पनि विस्तृतमा पढ्नुस् »

खुशी का किरण बिलाये पछी ,दुख नै साथी मान्ने गर्याछु
पाइला - पाइला मा ठेस लाग्दा ,आसुँ नै जीवन ठान्ने गर्याछु....................../
फूल झै हास्ने ओठ हरु ,कलेटी मा बिलिन हुँदा
दु:ख पाइने बाट हरु ,आँफैले आज छान्ने गर्याछु ................................../
सपना को फूल्बारी मा ,निरासा को हुरी चल्दा
चाहना को हृदय लाई ,बिबस्ता को तिर ले हान्ने गर्याछु .............................../ विस्तृतमा पढ्नुस् »

देश को लागि केही गरौ भन्ने पो नेपाली
पारी आउँदा आँफै मरौ भन्ने पो नेपाली ..................!
बिदेश तिर छिर्ने सँख्या , बड्दै गाको बेला
घर मा बसी पसिना छरौ भन्ने पो नेपाली ................!!
सुख मा जिउने चाहाना कस्लाई पो हुन्न र
दु:ख को सधैं सागर तरौ भन्ने पो नेपाली ................!!!
पिडा को भारी बोकेर सधैं आसुँ झरे पनि विस्तृतमा पढ्नुस् »

छोडेर पराए बननु नै थियो त , छामेउ मेरा हात हरु किन ...............?
विश्वाश को पर्खाल तोड्नु नै थियो त ,रोजेउ मेरा साथ हरु किन ...........?
खेल सम्झी जवानी लाई , खेल्ने रैछ तिम्रो बानी
रुन्चे हासो हाँस्दै मलाई , दिएउ बिछोड का घात् हरु किन................?
जिन्द्गी को चाह रैछ , बिताउने महल मा
गरीब सँग नाता गाँसी , गर्थ्एउ तिमी झुपडी का बात हरु किन............? विस्तृतमा पढ्नुस् »

आफ्नो ठान्नु तिमी लाई, जिन्द्गिमा भुल भएछ
तिम्रो माया पाउने यहाँ, एउटा ठुलो हुल भएछ !
दु:ख हजार सहे पनि , खुशी तिम्रै लागि थियो
झुटो माया तिम्रो जिबनमा , पारी तर्ने पुल भएछ!!
सागर बन्न गार्हो छैन ,झर्दै जादा मेरो आसुँ
तिमीले छुदा काडा पनि , शर्माएर फुल भएछ !
चर्चा छ रे चारै तिर ,मोहनी त्यो तिम्रो रुप को
बैसालु त्यो जिबन तिम्रो ,प्रगती को मुल भएछ !!

किन आयौ जिबनमा तिमी , निदरी मेरो हराउन थाल्यो
तस्बिरमा तिम्रो टोलाउदा हरपल,आफन्तले पनि कराउन थाल्यो !
साथी-संगी को भिडमा , चल्दै थियो यात्रा मेरो
तर अचानक मनले किन,एकान्त मन पराउन थाल्यो!!
कती देखे , कती भेटे ,सुन्दरीका हुलहरु
तर तिम्रो नयनले ,पागल मलाई गराउन थाल्यो !
बसन्त नै आए झै जिबनमा ,तिम्रो आग्मनले
तर कतै हुन्छ कि पत्झर ,यो मन मेरो डराउन थाल्यो!!

प्रश्न गर्नै ईच्छा थियो , किन मलाई छोडेर गयौ
बर्सौ को यो प्रेम को नाता , किन तिमी तोडेर गयौ ......................?
जाने जती सके जती , माया मैले गरेकै थिए
भेट्दा मलाई दोबाटोमा , मुख किन मोडेर गयौ...........................?
ठानेको थिए चौतारी तिमी , मन को भारी बिसाउने
तर अझै पिडा को बारी , किन तिमी गोडेर गयौ ..........................? विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
20 hours 2 min ago
1 day 4 hours ago
1 day 22 hours ago
1 day 23 hours ago
2 days 6 hours ago
3 days 19 min ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 7 hours ago