मनसुन काफ्ले मनसुन

8
Jan

गजल

तिमीले मलाई समाएर के भो ?
चिसोछ मनमा घमाएर के भो ?

धनै हो ठुलो भन्छन् संसारमा
मनछ अशान्त कमाएर के भो ?

न बेली फुल्छ न फुल्छ चमेली
गुलाबको फुल जमाएर के भो ?

ललाई फकाई झम्कायौ परेली छु
आज एक्लो रमाएर के भो ?

जुनिभर मनसुन मेरै हौ भनेर
फूलको गुच्छा थमाएर के भो ?

-मनसुन काफ्ले मनसुन

Syndicate content