मनोज राना

15
Jan

जीवन कस्तो भाछ

जीवन बोक्न नसकिने एउटा भार जस्तो भाछ।
निराशताले गर्दा नमिठो हार जस्तो भाछ।
अनगिन्ती पीडाले भरीएर होला,
बियोगान्त कथाको सार जस्तो भाछ।
नजिक आउदै सारा सपना टुक्रिएर होला,
आज जीवन खुकुरीको धार जस्तो भाछ।
रुखोपनमा सधैं जीवन घोटिएर होला,
हजार भोल्टको करेन्ट दिने तार जस्तो भाछ।
हौसला हरु सबै रीत्तिएर होला,
आज जीवन भत्कीएको बार जस्तो भाछ।

Syndicate content