मुरारी पौडेल

9
Jan

तिम्रै घरमा बास पारु जस्तो लाग्यो

murari paudel's picture

छिट्टै भेट्न उनीलाई,बसाई सरु जस्तो लाग्यो,
जाडो जति भए पनि तराई झरु जस्तो लाग्यो!!

यात्रा लामो हुदै गयो छोटो हाम्रो भेटघाटमै,
फेरी आज किन मलाई माया गरु जस्तो लाग्यो!!

भन्ने गर्थिन बाटो पर्दा नभुल्नु है भेट्नलाई,
उनकै घरमा फेरी आज पाहुना परु जस्तो लाग्यो!!

उनको निम्तो पाइसके किन म नि डराउनु,
एक पटकलाई जे जे पर्ला तिनाउ तरु जस्तो लाग्यो !!

9
Jan

भाग्यमानी हुन्छन यहाँ....

murari paudel's picture

भाग्यमानी हुन्छन यहाँ मुटु फोडी जानेहरु
आँसु मात्रै बाँकि राखी खुसि सबै लानेहरु !!

सम्झिदामा अतीतलाई खुसि हुनु आफैसंग,
रमाएरै बसेका छन् आधा मुटु खानेहरु!!
आँसु मात्रै बाँकि राखी खुसि सबै लानेहरु !!!

बुझ्नेले पो पिडा बुझ्छ मुटु फाट्दा कति दुख्छ
अर्थ छैन सम्झाएर चोखो माया मार्नेहरु!!!
आँसु मात्रै बाँकि राखी खुसि सबै लानेहरु !!!

एक्लै तड्पी फाइदा छैन यहाँ अर्कैको उनि भयपछी विस्तृतमा पढ्नुस् »

8
Jan

पाप लाग्छ अब तिमीलाई...

murari paudel's picture

अतितको थुप्रो माथि सलाई तिमि कोरि दिए ,
पाप लाग्छ अब तिम्लाई त्यो दिल अन्तै मोडी दिए ।।

बालुवाको धिस्कोलाई महल बनाउने सपनामा
सहनलाई गारहो हुन्छ फेरि माया तोडिदिए ।।
पाप लाग्छ अब तिम्लाई त्यो दिल अन्तै मोडि दिए ।।।

निभेको यो जिन्दगिमा दीप थप्ने प्रयास गर्दा ,
सक्दिन म अब पागल बन्न फेरि मलाई छोडिदिए ।।
पाप लाग्छ अब तिम्लाई त्यो दिल अन्तै मोडि दिए ।।। विस्तृतमा पढ्नुस् »

8
Jan

कति दिन्छेउ पिडा हरु

murari paudel's picture

कति दिन्छेउ पीडाहरु,मरेको यो मान्छेलाई ,
राखिनौ बाँकि भन्नलाई माया गरेको यो मान्छेलाई !!

तिमि हिड्ने बाटो भरि काडा सबै हटाउदानी ,
किन फेरी तद्पाउछेउ पिर परेको यो मान्छेलाई !!
राखिनौ बाँकि भन्नलाई माया गरेको यो मान्छेलाई !!!

कति आत्मा दुख्छ यहा नानाथरी आरोप लाउँदा ,
कति भन्छेउ भन अझै बसाइ सरेको यो मान्छेलाई !!
राखिनौ बाँकि भन्नलाई माया गरेको यो मान्छेलाई !!! विस्तृतमा पढ्नुस् »

8
Jan

अन्तै बास बसे हुन्छ

murari paudel's picture

खाली भयो मुटु आज अन्तै बास बसे हुन्छ
पाहुना रहेछौ तिमि मेरो सुर अन्तै कसे हुन्छ!!

भन्थे सबै जनाहरु २/४ दिनको कहानी रे यो माया
झुक्याएर अर्कैलाई फेरी छुरा धसे हुन्छ!!

नहुदै निको पुरानो घाऊ,नया चोट फेरी दिनलाई
झुटो नाटक फेरी गर्न अर्कै सहर पसे हुन्छ !!

पाहुना रहेछौ तिमि मेरो सुर अन्तै कसे हुन्छ!!!
झुक्याएर अर्कैलाई फेरी छुरा धसे हुन्छ!!!!

Syndicate content