मोहन बिहानी

5
May

अर्धमृत मायाको बिरुवा

मोहन बिहानी's picture

गजल
अर्धमृत मायाको बिरुवा खुसुक्क अन्त सारेर नजाउ ल सानु,
नफक्रदैको मायाको कोपिला एक्कासी झारेर नजाउ ल सानु।

बगैचामा हजारौ फुलहरु छन मिठो मिठो सुवास छर्ने,
केवल रातो गुलाबलाई मात्र बार बारेर नजाउ ल सानु।

भवराँ नसम्झ मलाई तिमी जथाभाबि फुलमा रमाउने,
हिलोको कमलझै मलाई तलाउमा छाडेर नजाउ ल सानु ।

जित्यौ मायामा मेरो राजा भन्दै खुशीको अट्ठाहाँस गर्दै, विस्तृतमा पढ्नुस् »

22
Mar

भाखा मिलाई पिरतीको गीत गाउ भन्छे काली,

मोहन बिहानी's picture

गजल

मोहन बिहानी ,

भाखा मिलाई पिरतीको गीत गाउ भन्छे काली,
लोभी नजरले हेर्दै मिठो प्रीत लाउ भन्छे काली।

रस रङ्ग धेरै गर्दै गरौला लामो छ जीवन यात्रा,
सुटुक्क गालामा पहिले म्वाई खाउ भन्छे काली।

चैतको उराठ लाग्दो दिन मौषम छ बेइमानी,
आएर सुटुक्क मिठो स्पर्समा रमाउ भन्छे काली।

भरोशा लाग्छ मेरो भन्दै नजिक आउने ईच्छा,
सदाको लागि मेरो साथ समाउ भन्छे काली। विस्तृतमा पढ्नुस् »

6
Mar

होली बिशेष गजल

मोहन बिहानी's picture

होली बिशेष गजल

आयो बसन्त सँङै रङ्गको मौषम यो होली छ बेईमानी,
दलु भन्छु रङ सानुलाई मुहारमा,तर त्यो चोली छ बेईमानी।

कसिलो पहिरन पुस्ट शरिर भिजाउन मनलाग्छ रातो रङ्ले,
जबर्जस्ति रङ हाल्दा रिसाउने सानुको त्यो बोली छ बेईमानी।

हान्छु ताकेर सानुलाई रङ्को लोलाले रङ्याउन पुरा बदन,
लाग्दैन निशाना सानुलाई पिचकारीको त्यो गोली छ बेईमानी।

मन खोलेर खेल्यौ रङ मरि लानु केछ र भन्छु म सानुलाई, विस्तृतमा पढ्नुस् »

23
Feb

आशा यो जीवन को तिम्रो मेरो साथ,

मोहन बिहानी's picture

#गजल#

आशा यो जीवन को तिम्रो मेरो साथ,
मेरो माया लाग्ने भय समाउ मेरो हात ।

मन किन दोमन गर्छौ दोधार मा किन?
पिरति को हुन्न धर्म हुन्न येस्को जात।

सधैं भरि कति बस्छौ सम्झिएर मलाई
फोटो हेरी बुझदैन मन गरी बसौ बात ।

बाहाना बनाउदै भाग्छौ टाढा हुन हो कि?
जीवनमा कतै तिम्ले गर्ने हो कि घात ।

मरी दिन्छु तिम्रो लागि पाइन भने साथ,
तिमी बिना सुन्य लाग्छ मेरो दिन रात ।

# मोहन बिहानी विस्तृतमा पढ्नुस् »

19
Feb

चोखो माया दिन्छु भन्थ्यौ अन्तै नाता जोड्यौ,

मोहन बिहानी's picture

गजल
# मोहन बिहानी
भक्तिपुर-७ सर्लाही #

चोखो माया दिन्छु भन्थ्यौ अन्तै नाता जोड्यौ,
झुठो आशा दियौ मलाई मेरो साथ छोड्यौ।

सँगै बाँच्ने सँगै मर्ने खाएका ति कसमहरु,
एका एक टाढा हुदै किन बाचा तोड्यौ ?

आउँदै थिँए तिमीलाई भेट्न क्षितिजपारीबाट,
कति छिट्टो पराईको तिमीले घुम्टो ओढ्यौ? विस्तृतमा पढ्नुस् »

3
Jan

मिठो आशा देखाउदै

मोहन बिहानी's picture

# गजल #

# मोहन बिहानी #

मिठो आशा देखाउदै मेरो सिउँदो भर्छु भन्थ्यौ,
मैले साथ दिइँन भने हाँसी हाँसी मर्छु भन्थ्यौ।

वरिपरि झुम्मी रहन्थ्यौ भवरा झै फुलबारीमा,
बेली,चम्पा,चमेली झै तिमि सुवास छर्छु भन्थ्यौ।

हजारौ छन् माया देखाउने चोखो प्रेम छैन कतै,
स्वच्छ कन्चन माया पाउन मेरै भर पर्छु भन्थ्यौ।

दोबाटोको उकालीमा हात समाइ बस्दा हिड्दा,
नागबेली खोलाको भेल तिमी सङै तर्छु भन्थ्यौ। विस्तृतमा पढ्नुस् »

24
Dec

गजल

मोहन बिहानी's picture

# गजल #

आशा यो जीवन को तिम्रो मेरो साथ,
मेरो माया लाग्ने भय समाउ मेरो हात ।

मन किन दोमन गर्छौ दोधार मा किन?
पिरति को हुन्न धर्म हुन्न येस्को जात।

सधैं भरि कति बस्छौ सम्झिएर मलाई
फोटो हेरी बुझदैन मन गरी बसौ बात ।

बाहाना बनाउदै भाग्छौ टाढा हुन हो कि?
जीवनमा कतै तिम्ले गर्ने हो कि घात ।

मरी दिन्छु तिम्रो लागि पाइन भने साथ,
तिमी बिना सुन्य लाग्छ मेरो दिन रात । विस्तृतमा पढ्नुस् »

12
Aug

मनकामना केबुल कार मा भेट ..................

मोहन बिहानी's picture

गजल

#मोहन बिहानी #

मनकामना केबुल कार मा भेट हाम्रो भा'को अरे,
सोमबार को ब्रत बसी उनले मलाई पा'को अरे ।

मेरो माया अन्त छ कि भन्ने डर लागे पछि,
मेरो घर चोकको गल्ली उनले धा'को अरे ।

उनको मनको मझेरीमा बस्छु अरे सधैं भरी,
नछुटोस् यो साथ भनि उनले कसम खा'को अरे ।

मन पराईन उनले मलाई अन्जान मै अनायास ,
हाम्रो भेट भए देखि म उनको मनमा छा'को अरे । विस्तृतमा पढ्नुस् »

27
Jul

तिम्रो साथ नपाए नि एक्लै जीवन जिउदैछु।

मोहन बिहानी's picture

गजल

बिछोडको पिडा दियौ आँसु बनाइ पिउदैछु,
तिम्रो साथ नपाए नि एक्लै जीवन जिउदैछु।

कोठा भरी छरपट्ट छरिएका तिम्रा प्रेम पत्रहरु
धुजा धुजा च्यातिएछ्न जम्मा गरी सिउदैछु।

मेरो खुशी खोसी लगेउ फगत धोका दिएर,
भोक प्यास बिर्सिएर दिन् दिनै खिइदैछु।

कति रहेछन धोका खाने पापी यो संसारमा,
भेटिन्छन कि अरु पनि एता उति चिहाउदैछु। विस्तृतमा पढ्नुस् »

12
Jul

सुहाग रातमा

मोहन बिहानी's picture

गजल
# मोहन बिहानी
भक्तिपुर ७ सर्लाही #
थोरै नजर झुकाएर लजाए, सुहाग रातमा,
खुशी हुँदै भित्र भित्रै मुस्काए, सुहाग रातमा।

प्रियतमको न्यानो स्पर्स पाउदा हर्षले,
प्रत्येक अङ् प्रत्यङ् चुमाए, सुहाग रातमा।

कौतुहलता मेट्टाउदा मेट्टाउदै बितेछ समय,
यौवनमत्त भै पुरा रात झुमाए, सुहाग रातमा।

समाहित हुँदै एक अर्कामा भुलेर सारा संसार, विस्तृतमा पढ्नुस् »

Syndicate content