रचनाःश्याम रॊक्का

16
May

गम्दारि बानी उन्कॊ..............

गजल (मनकि रानी झैँ)

गम्दारि बानी उन्कॊ,मेरै मनकि रानी झैँ
मधुर हाँसॊ छर्दा,माया प्रेमकॊ खानी झैँ ।।

गालामै तिल कॊठी,आहा बदामि आखाले
हरिण जस्तै चाल,मन कन्चन पानी झैँ ।।

मयूर पंखि केश,रूप रंगले धपक्कै
नरम बॊलि बॊल्ने,साह्रै असल बानी झैँ ।।

उचाइ लॊभ लाग्दॊ ,बान्की परेकॊ शरिर
उमेर उस्तै हॊला, हेर्दा म भन्दा सानी झैँ ।।

हिस्सी छ श्यामबर्ण,दाँत टमक्क मिलेका विस्तृतमा पढ्नुस् »

16
May

अल्लारे बैँशले सधैँ

गजल

अल्लारे बैँशले सधैँ,गिज्याउने भयॊ जवानी।।
मायालु बिनाकॊ बाच्नु,के नै सार रह्यॊ जवानी ।।

अरूकॊ सहारा लिइ,सफलता खॊज्दै हिडेर
गन्तब्य बिहिन भइ,उधॊगती गयॊ जवानी ।।

सुखकॊ खॊजीमा हिडेँ,दुःखकॊ भारी बॊकेर
सफल नभइ दिदाँ,बेबारिसे छ,यॊ जवानी।।

सदैब धैर्यले बसेँ,श्यामबर्ण मुद्रा पारेर
धिक्कार रहेछ बैँश,आँसुसंगै बह्यॊ जवानी ।।

रचनाःश्याम रॊक्का,
11 मे,२०११,,इजरायल

Syndicate content