मन फुकाएर खेलेँ तास टाढै भए पनि
भन्ठाने स्वदेशको बास टाढै भए पनि
यो तिहार कति प्यारो आफ्नो संस्कृति
जोगाई राखेँ नभई दास टाढै भए पनि
नेपाली नै फूलुन अघि अघि बढुन
भन्ने कामना र आस टाढै भए पनि
सम्झना आउँछ, मन उतै उतै जान्छ
सेलरोटीको मिठो गाँस टाढै भए पनि
तिहारको शुभकामना नेपाली सबैलाई
देशका शत्रु होउन नास टाढै भए पनि
राकेश कार्की
लस् एन्जेलस्

साँच्चिकै हो मैले छलेको हैन
डुबेँ होला यादमा जलेको हैन
छातीमै छ तस्वीर पिउँदै नशामा
मातेँ होला बरू ढलेको हैन
कोट्याउँने किरणले त्यो जिन्दगीलाई
मुस्कान हो मैन बत्ती बलेको हैन
सोचेँ होला मैले तिम्रै बारेमा
सन्तापले पहिरो चलेको हैन
इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्
आँखा जुध्याजुध्यै भयो हटाउन गाह्रो भो
पुरै रात कोल्टे फेर्दै कटाउन गाह्रो भो
मुटु चल्यो नशा चल्यो जताततै असर
गति बढ्याबढ्यै भयो घटाउन गाह्रो भो
बगीरह्यो माया उर्ली आफ्नै विचार भित्र
यसो छोई मुटु खोस्री पटाउन गाह्रो भो
हिँडिरहेँ माया बोकी अँजुली मेरो भरी
जति जुक्ती गरे पनि चटाउन गाह्रो भो विस्तृतमा पढ्नुस् »

भाइरसहरु
इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्
लान्छनाका भाइरसहरुले रुघाखोकी लगाउदा पनि खोकीएन प्रिय
हार्टयाट्याक गराउने गरी धोका दिँदा पनि मुटु रोकीएन प्रिय
सिकाउने, भड्काउने, बिगार्ने, छुटाउने, कुरा लाउने कति धेरै
तिनैका लहलहैमा पिँजडाको सुगाले जस्तै पाठ घोकीएन प्रिय
म प्रेममा अन्धो थिँए हाम्रो सामुन्ने अजँगको पहाड थियो विस्तृतमा पढ्नुस् »

नपाउन्जेल चिप्लो तेल भयो
पाएपछि हुप्प फुलेल भयो
देशको शासन जालझेल मात्रै
कानून बिनाको खेल भयो
मान्नेलाई इनाम र बक्सिस
नमान्नेलाई कोर्रा जेल भयो
भोका नाङ्गा दु:खी असाह्यको
आँखामा आँशुको भेल भयो
मुखमा राम राम बगलीमा छुरा
स्वार्थी स्वार्थीको मेल भयो
स्वयंमको योजना बुन्दै थप्दै
राष्ट्रको योजना फेल भयो
लस् एन्जेलस्

फुल्दा फुल्दै अचानक झुकेपछि
यो नजरको निशाना चुकेपछि
धेरै धेरै नजर कल्याङ मल्याङ
दाउ थाप्दै ऊनीलाई ढुकेपछि
मेरो रोजाईमा धेरै धेरै बाधा
उन्मुक्त साँढेहरु फुकेपछि
पछिपछि लाग्न एकलेअर्कालाई
कात्तिकको कुकुर झैँ भुकेपछि
अझै कुरीरहेछु एक्लै एक्लै
भनुँला भिडदेखि उनी लुकेपछि
सँभाल्दा सँभाल्दै मायाको कोसेली
हातैमा खङरङ्ग सुकेपछि
यस्तो लाग्छ तब मात्र भेटहोला विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
20 hours 14 min ago
1 day 4 hours ago
1 day 22 hours ago
1 day 23 hours ago
2 days 6 hours ago
3 days 31 min ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 7 hours ago