राज न्यौपाने

20
Dec

नयन् का तिखा बाड

नयन् का तिखा बाड हाने पछी फेरेउ बाटो
तिम्रै प्रेममा पागल भए जाने पछी फेरेउ बाटो

लुका छिपी खेल्न थाल्यौ घायल यो मन बनाइ
नसालू त्यो जवानी ले ताने पछी फेरेउ बाटो

देखाई झुटो प्रेम मलाई खेलेउ तिमी रमाएर
यो मनले तिमी लाई छाने पछी फेरेउ बाटो

लाग्यो शायद जीवन भर तिम्रै भर पर्छु अब
जीवन साथी तिमी लाई ठाने पछी फेरेउ बाटो

खोजी राथे चोखो माया देखाइ दिऔ आशा विस्तृतमा पढ्नुस् »

17
Dec

मर्नु की बाच्नु

बिरुनू ठाउँ चर्को घाम पसिना खल्-खल् थियो
थकित बदन भोको पेट प्यास् कल्-कल् थियो

अभागि यो कर्म धाऊदैमा टाढा सारेर सरेन
प्यारो गाऊ जन्मेको ठाउँ याद् झल-झल थियो

जलन थियो बिछोड को पिडा घरकै सम्झना
बुझ्दैन मन् रसाउछन आँखा आँशु छल-छल थियो

बन्दकी घर-बार रीन को थूप्रो गडेछ यो पाउ
नसकिने नपार लग्ने अनौठो यो दल-दल थियो

जीवनमा संघर्ष को मोल केही नपाय पछी विस्तृतमा पढ्नुस् »

12
Dec

बीछोडमा तिम्रो

मैले पीएको रक्सीको मात बडी भो नभन्नु तिमी
सुर छाडेर गरेको बात् बडी भो नभन्नु तिमी

मनको पिडा डाहा मार्न पीयको मात्र हो मैले
थूक्क यो जडियाको जात् बडी भो नभन्नु तिमी

तिम्रै कारण ले लाचार थिय म रून यहाँ
यो दुई कौडीको झारपात् बडी भो नभन्नु तिमी

बीछोडमा तिम्रो लेखेको हू गजल यी सारा
फगत कोरा कगजको खात् बडी भो नभन्नु तिमी

शायद अन्तिम् पल्ट हुदैछ मिलन यो हाम्रो विस्तृतमा पढ्नुस् »

27
Nov

जीउदै मरेर गयौ

यो छातीमा बिस भरेर गयौ
घाऊमा नुन चुक छरेर गयौ

सावनको त्यो बर्खे भेलमा सानु
आफु एक्लै खोलि ततेर गयौ

रँगायर सीउधो त्यो पराइको हात
बिना कारण बदनाम् गरेर गयौ

अजम्बरि मखमलि चोखो प्रेम हाम्रो
कोपिलामा आज आँफै झरेर गयौ

बैश मा पालै-पालो रमायछौ अती
भमराझै फुलको रस चरेर गयौ

भूलाउनेछु तिम्रा आतितका याद सबै
मेरा लागी तिमी जीउदै मरेर गयौ

23
Nov

लूट फैलाउदै छन साथी

नेता रुपी दानब ले लूट फैलाउदै छन साथी
कुर्ची को प्यस मेटाउन झूत फैलाउदै छन साथी

जंगल देखी सरकार संगै एक्लौटी राज यिनको
तलब भात्ता पचाउन गूट फैलाउदै छन साथी

कानुन भन्दा माथि आँफै देखाउनलाई सम्बिधान्
एकछत्र राज को लागि छुट फैलाउदै छन साथी

यो देश को ढुकूटी मा गडीराछ आँखा यिनको
शके जती कुम्लाउन लूट फैलाउदै छन साथी

लडाउदै सोझा जनता शीङहाशन मा चद्न आफु विस्तृतमा पढ्नुस् »

21
Nov

ठानेउ की क्याहो !

आँफै लाई कम्जोर ठानेउ की क्याहो !
जिबन देखी हरेश मानेउ की क्याहो !!

आँफै छान्नू पर्छ जिबनमा रंङ हरु !
कालो रातको अन्धकार छानेउ की क्याहो !!

चोट त कती छन जिबन मा सानु !
आँफैलाई तिखो छुरा हानेउ की क्याहो !!

बुजेरै नसकिने बिशाल सगर हो जिबन !
जिबन को ऋत सबै जानेउ की क्याहो !!

Syndicate content