रुपिन्द्र प्रभावी `कटु`

31
Aug

गजल

उत्तिखेरै प्रचण्ड घाम चर्किन्छ पोखरामा
अनायासै झर्झरी पानी दर्किन्छ पोखरामा

मौसम बेसारे मान्छे पनि बेसारे नै छन्
मैलाई भेट्न आएको माया फर्किन्छ पोखरामा

चाहनाविपरीत हुन्छन् सबैथोक देशमा
गर्मीमा आगो जाडोमा हिउँ छर्किन्छ पोखरामा

आँखा मिचदै उठेको भर्खरजस्तो लाग्छ
सूर्योदयसँगै समय घर्किन्छ पोखरामा

अजम्बरी के छ ? अटल के पो होला र !
हाँसिरहेको मन फेरि धर्किन्छ पोखरामा । विस्तृतमा पढ्नुस् »

Syndicate content